म अचेलभरि ताजा विचारको खोजीमा छु । ताजा विचारले मलाई हमेशा तरुनो बनाउँछ र यसले अङ्ग–अङ्गमा स्फूर्ति उमार्छ । बजार नियाल्छु; कोही ताजा सागसाब्जीको खोजीमा छन् । कोही ताजा फलफूलको खोजीमा छन् । कोही ताजा समोसा र जेरीपुरीको खोजीमा छन् । कोही ताजा दूध खोज्दै डेरीतिर लागिरहेका छन् । Read more
भरखरै फक्रँदै गरेको मनमोहक गुलाफको फूलको नजिकै गएर एकछिन नियाल्दै सोधें, ` आहा! यी हेर्दै डरलाग्दा तीखा विषालु काँडाहरूको बिचमा पनि कस्तो भयहीन मुक्त मुस्कान !´ `काँडाहरूले मेरो जवानी र मुस्कानलाई के गर्ने हुन र ?´ उसले निर्भिक भएर सोधी । `तिमीलाई नै चिथोरौंला झैं गरेर ठडिएका छन नि Read more
बिसाएर बिसाउन नसकिने घटाएर घटाउन नसकिने समस्यै समस्याको भारीहरू बोकेर हिँड्दैछु निरन्तर जिन्दगीको घुम्तीहरूमा निधारबाट बगेको जलधारामा दैनिक स्नान गर्दै चढ्दैछु निरन्तर म जिन्दगीका हिमशिखरहरू । पाइला पाइलामा पहिरोको डर बोकेर कठ्याङ्ग्रिने जाड़ोमा शरीर कपाउँदै कपाउँदै उभिइरहेको हुन्छु कुनै हिमश्रृङ्खलामाथि विवश बनेर लाचार बनेर। कहिलेकाँही त झनै अन्धाधुन्ध बगाउने गर्दछन् Read more
विषय प्रवेश नेपाली बालसाहित्य जगतका एक उज्ज्वल नक्षत्रका रूपमा परिचित विजयराज आचार्य सामाजिक यथार्थमा आधारित बालकथा रच्नमा माहिर छन् । उनका कथा सरल, सुबोध र मीठा हुन्छन् । उनले हालसालै ‘स्वयम्भुका आँखाहरू (२०७८)’ नामक बालकथा सङ्ग्रह प्रकाशित गरेका छन् । यो उनको ९४ वौं कृति हो । उनले यस Read more
भुलहरू पनि विचित्रकै हुन्छ्न् चप्लेटी ढुङ्गामा बिसाउन नसक्ने परालको गुन्द्रीमा सुकाउन नसक्ने तीघ्राको पिलो निचोरेझैँ निचोरेर आँखो निकाल्न सक्ने हुँदैनन् भुलहरू । भुलहरू भुलजस्तै हुन्छ्न् अरू केही जस्ता हुँदैनन् । भुलहरूको प्रजनन क्षमता हुन्छ एउटा भुलले कति कति भुल जन्माउँछ माकुराको जालोले बेरेझैं भुलले मानिसलाई बेर्छ ऐँठन हुनेगरी निचोरेर वाँइ Read more
दर्शकहरुको स्वास ठ्याम्मै रोकिएको जस्तो र हृदयको स्पन्दन ह्वात्तै बढेको भएको थियो । उनीहरु सुरुदेखि नै यस्तै लोमहर्षक अवस्थाको पर्खाइमा थिए । सेप्टेम्बरको महिना, मिरमिरे बिहानीको बेला थियो, पुणेको खड्की फुटबल मैदान दर्शकहरुले खचाखच भरिएको थियो । चारैतिर भिडी हाल डिस ! रोयल अगाडि बढ ! जस्ता नाराहरुबाट खेल Read more
गाडी-मोटर, धन-सम्पत्ति सबै लिएर के पायौ दाजु-भाइ, बा-आमाको खुन पिएर के पायौ हेरत तिमी भन्दा पनि महान् मान्छे सुतेका छन त्यो चीतामा, दुई दिनको जिन्दगीमा अहंकारमा जिएर के पायौ ? तिमीले गरेको झुठो प्रशंसा बुझ्नै सकिनँ तिमीले गरेको अबोध प्रश्नहरू सुन्नै सकिनँ मुख छ भन्दैमा मेरो भावनासँग नखेल न प्रिये, Read more
आफ्नै खाता भराऊ महल बनाऊ म केही भन्दिनँ जग्गा जमीन आफ्नै नाम गराऊ म केही भन्दिनँ आफ्नो पद र पैसामा त्यति घमण्ड छ भने नेताज्यू आफ्नो चिता तिमी आफै जलाऊ म केही भन्दिनँ। यहाँ गीतालाई छोएर पनि झुटो कसम खाइन्छ जसको गोजीमा दम छ उसैले मात्र न्याय पाइन्छ तपाईं भन्नहुन्छ Read more
हुस्सु – रासा
काम विशेषले एउटा सरकारी कार्यालयमा गएको थिएँ । सामान्य सोधपुछपश्चात् प्रविष्ट भएँ । सम्बन्धित शाखाको कक्षमा पसेर कामका लागि उभिएँ । प्रथमतः एउटा फाराम भर्नु थियो । भरें । भर्दै गएँ । अन्तिममा आफ्नो मोबाइल नम्बर लेख्नु थियो । नम्बर बिर्सें । त्यहीँबाट श्रीमतीजीलाई फोन गरें – शान्ता, मेरो मो.नं. Read more
ती गल्ती तिम्रै थिए र पनि माफी चाहेँ मैले तिम्रै जीवन अनवरत दामी चाहेँ मैले। जीवनको भरोसा नै छैन डर मान्यौ सधैं अन्तिम सम्म सहभागिता आटी चाहेँ मैले। अगेनाको डिलमा बसेर फुक्यौं सँगै आगो एकता त्यै सासको भरोसा मानी चाहेँ मैले। सक्दिन साथ दिन भनेर हरेश नखानू आफ्ना भएका रहरहरु त्यागी चाहेँ मैले। पीडा छ वर पिपलको मुना ओइलाउँदा उर्वर बनाउँन तिमी नै साथी चाहेँ मैले। (ललितपुर हाल अमेरिका) Read more