दिसम्बरको महिना पुषे जाडोले आफ्नो सामराज्य जमाएको थियो। तीमाथि जैसलमेरको मरूभूमि, मरूभूमिमा जाडो र गरमी दुवै तीव्र पर्दछ । यहाँ पर्ने कठ्याङ्ग्रिने चिसोको अनुमान उतिकै तातो जुलाईलाई सोचेर लगाउन सकिन्छ। बेलुकी पहरको पाँच बजेको थियो। गर्मीको मौसममा पाँच बजेलाई बेलुकी भन्नेलाई दिउसै ट्वाक्क लगाएछ भन्लान् तर अहिलेको कुरा Read more
तिमीले शिरमा गुलाफ सिउरिएछौ मैले आँखामा वास्ना खोजिहिँडेँ, मुटुमा खाली सिंहासन थियो हातमा तिमी मुकुट खोजिरह्यौ । तिमीले बोलेर पनि केही नभनी गइछौ, मैले नबोलेर केही पनि भनिनछु । वर्षौ वर्ष आँखाको फ्रेममा टाँसेर प्रेम कति भ्रममा बाचिरहेका रहेछौं हामी ! (मोरङ) Read more
यमुना, जसले वैँसका संवेदनाहरू आस्थाका छातीभरि घोप्ट्याएकी थिइन् ! रहरका देउरालीहरूमा पिरतीको मिठो भविष्य रोपेकी थिइन् नसोच्दा–नसोच्दै, छिनभरमै गल्र्याम्म ढलेर आज विस्तारै निदायो उनको पहाड र जीवनको आँटीभरि एउटा निर्जन नीहारिका उघारेर झल्यास्स ब्युँझियो जूनीभर दुखिरहने पीडाको निर्मम इतिहास ! तर, कस्तो अचम्म ! मृत्युका पिरामिडहरू उठाएर रगतले लेखिएका जीवनका Read more
चुनाव मुखैमा थियो लालपुरमा। लोकतन्त्रलाई नै द्रौपदी जस्तै चीरहरण गर्दैछन् लालपुरमा भन्ने खवर देवलोकमा पनि पुग्यो। देवलोकले बुद्धलाई लालपुरका ती दु: शासन जस्ता लठैतहरुलाई दण्डित गर्ने जिम्मा सुम्पे। बुद्धलाई ती लोकतन्त्रको नाम जपेर नथाक्ने पशुहरुलाई दण्डित कसरी गर्ने भन्ने समस्या भयो, किनकि बुद्द हिंसा गर्दैनथे। थुनछेक गर्नु, कुटपिट गर्नु Read more
एक दिन शुभमुहुर्तमा जेठी बुहारीले नम्र स्वरमा भनिन्, “बुबा ! आमाले एक साँझ हजुरहरूलाई खानाको लागि आमन्त्रण गर्ने कुरा गरिबक्स्या छ । फोन गरिस्सिन्छ होला, नाइँ नभनिस्योस् ल ।” छोराहरूको विवाह भएपछि हाम्रो घरमा कहिल्यै प्रवेश नपाएको ‘बक्सियोस्’ शब्दले प्रवेश पाएको छ । जागिरको सिलसिलामा कहिलेकाहीँ प्रयोग गरेको Read more
“नमस्कार ।” परिचारिका बोलिन् । “न… ।” मेरो वाक्य फुटेन । अक्मकिएँ म । अकल्पित व्यक्तिको त्यो उपस्थिति, त्यो सत्कार । आश्चर्यचकित भावमा अनायासै टोलाएँ म, बोलुँ कि नबोलुँको दोसाँधमा । सपना या विपना, छुट्याउनै नसक्ने आवस्थामाभैmँ ठिङ्ग उभिरहेँ । र, उनको वदनमा एकोहोरो आँखा गाडिरहें, सम्भवतः यसै भएको Read more
स्वतन्त्रता र उज्यालो आँखाभरि बोकेर कहिले भिरैभिर चेतनाको गीत गाउँदै हिड्यौ कहिले तिरैतिर नदीजस्तै अबिराम बगिरह्यौ कहिले सतिसालझैं समरको अग्रभागमा छाती थापेर उभिइरह्यौ गरिब, निमुखाको निम्ति ओहो ! हाँसीहाँसी जीवन बलिदान दियौ तिम्रो त्यो अदम्य साहसलाई सलाम प्रिय सहिद, तिमीलाई सलाम ! दु:खीको दु:खलाई आफ्नो दु:ख बनायौ दु:खीको सपनालाई आफ्नो Read more
हुक्के, ढोके, हजुरेको अडान कहाँ हुन्छ मागी गुजारा गर्नेको सान कहाँ हुन्छ ! देश अनि जनताको आउनै पर्छ तस्वीर सकी नसकी गाएर राष्ट्र गान कहाँ हुन्छ ! सबै कुरा ठीकठाक छ भनी हिँडे पनि भुइँमा गुड्ने मेसिनको उडान कहाँ हुन्छ ! अरुलाई ङ्याक्ने अनि कुल्चन खोज्नेलाई सधैँभरि फूल मालाले सम्मान Read more
यात्रा कठीन छ साथी माथि, अलि माथि तिमी जाँदै गर म पछ्याउँछु हावामा उडेका वादलका टुक्राहरु । लेकमा पुगे सुगन्ध फैलिन्छ चौरमा फुलेका फूलहरु स्वागतमा यात्रीहरुको पाखामा लस्कर तिम्रै पर्खाइमा डाली डालीमा झुलेका यादहरु । उराठलाग्दो जङ्गलमा गोठालो बनेको क्षण विरहलाग्दो स्वरमा उहिले तिमीले गाएको गीत गाउँछु साथी म फेरि Read more
हिंसा गर्दिन कान भर्दिन झुटा आवाज घोकीकन आगो बल्दिन सत्य छल्दिन कतै भेडा बनाई जन मेरो कृष्ण त गोपिनीसँग भुली लुक्तैन वृन्दावन त्यस्तो रूप रहन्छ ब्रह्मपटमा भन्दैन मेरो मन॥१ बाँचेकै दिन स्वर्ग भोग जति होस् भोग्दैछु यै लोकमा पोखेकै पसिना पवित्र छ यहाँ नाचेँ त्यही शोखमा तिम्रो स्वर्ग मरे पछाडि Read more