हुक्के, ढोके, हजुरेको अडान कहाँ हुन्छ
मागी गुजारा गर्नेको सान कहाँ हुन्छ !
देश अनि जनताको आउनै पर्छ तस्वीर
सकी नसकी गाएर राष्ट्र गान कहाँ हुन्छ !
सबै कुरा ठीकठाक छ भनी हिँडे पनि
भुइँमा गुड्ने मेसिनको उडान कहाँ हुन्छ !
अरुलाई ङ्याक्ने अनि कुल्चन खोज्नेलाई
सधैँभरि फूल मालाले सम्मान कहाँ हुन्छ !
परोपकार र सेवाभावमा डुबी हेर साथी
ढुंगा अनि मन्दिरमा भगवान कहाँ हुन्छ !
(बागमती ११,कर्मैया, सर्लाही)