स्वतन्त्रता र उज्यालो आँखाभरि बोकेर कहिले भिरैभिर चेतनाको गीत गाउँदै हिड्यौ कहिले तिरैतिर नदीजस्तै अबिराम बगिरह्यौ कहिले सतिसालझैं समरको अग्रभागमा छाती थापेर उभिइरह्यौ गरिब, निमुखाको निम्ति ओहो ! हाँसीहाँसी जीवन बलिदान दियौ तिम्रो त्यो अदम्य साहसलाई सलाम प्रिय सहिद, तिमीलाई सलाम ! दु:खीको दु:खलाई आफ्नो दु:ख बनायौ दु:खीको सपनालाई आफ्नो सपना सम्झियौ दु:खीको जीवनलाई आफ्नै जीवन सम्झियौ दु:खमा सँगसँगै रोयौ सुखमा सँगसँगै हाँस्यौ समानताको बाटोमा हिँड्ने तिमी एक महान् यात्री वर्गीयताको विरुद्ध लड्ने तिमी एक महान् योद्धा तिम्रो त्यो विचारलाई सलाम प्रिय सहिद, तिमीलाई सलाम ! तिमीले खनेको गोरेटोहरुमा अझै जुनकिरीजस्ता मान्छेहरु हिँडिरहेछन् तिमीले बोलेको आवाजहरुमा अझै बतासजस्ता आवाजहरु मिस्सिरहेछन् तिमीले कोरेको गीतहरुमा अझै ज्युँदो संगीतहरु भरिइरहेछन् तिम्रो रगत र पसिनाले सिंचिएको यो भूमिमा अझै नयाँनयाँ पालुवाहरु पलाइरहेछन् प्रिय सहिद ! तिम्रा पैतालाका डोबहरु मेटिएका छैनन् तिम्रा आवाजहरु सून्यतामा बिलाएका छैनन् तिम्रा गीतहरु छातीबाट हराएका छैनन् तिम्रो सपना अझै ज्युँदो छ तिम्रो ज्युँदो सपनालाई सलाम प्रिय सहिद, तिमीलाई सलाम । (काभ्रे)