मलाई त हुनु छैन "म" मेरो मात्रै म त सबैको हुन चाहन्छु । पहाडको भित्तामा अडेस लागेको झुपडिभित्र आफ्नै उमेरको पहाडले थिचिएका बृद्व बुवाआमाको हातमा थमाउनु छ - दमको औषधी पुराउनु छ बाटो र एम्बुलेन्स । धनप्रसादका छोराछोरी विद्यालय पुग्ने बाटोमा उभिएको गरिवीको पर्खाललाई भत्काउनु छ कर्म र जिन्दगी पढाउने Read more
दुर्घटनाले मात्र यात्रा कहाँ रोकिदोरहेछ र राजमार्ग अबरुद्ध भएपछि विकल्पमा, रोजेको हुँ मैले गल्लिको बाटो । छिचोल्न जीवनको पथ आकासको जूनकै भरोसा लाग्छ जुनकीरीकै धिपधिपे देखेर हौसला बढ्छ यहाँभन्दा ठुलो म कुन साहस गरुँ ! पहिरो गएको भाग्यको भूगोलमा गुराँस बनेर रङ्ग्याउँन सम्भव देखिनँ, र त केतुकी बनेरै फुलेको हुँ Read more
जित्ने प्रयास गर्दा गर्दै हार्छ जिन्दगीले थाहा छैन कति पटक मार्छ जिन्दगीले । खुसी हुने बाहानामा भौतारिदै छ मन हेरौँ अझै कति आँशु झार्छ जिन्दगीले । सफलताका लागि पाइला चाल्दै गर्दा झन झनै दुख पीरमा पार्छ जिन्दगीले । ए समय चोट पनि कति दिन्छस अझै दुखलाई सुखमा कहिले सार्छ जिन्दगीले Read more
म परिवर्तन चहन्छु म आफैमा बद्लाव चहन्छु देखाउन चहन्छु दुनियाँलाई सुनाउन चहन्छु उसलाई कि ऊ मेरो लागि कति ठूलो छ । म ऊ भित्र समाहित छु । तर जब जब म हृदय खोली भन्छु म तेरै सहारामा छु चोर औंलाले म आफैले आफैलाई देखाउँछु यी हेर यही हो म कुनै Read more
आँसुको जहर पिएर तिम्रो सहरको गल्ली गल्लीमा भौतारिएँ केवल तिम्रै प्रतीक्षाको अतृप्त चाहानामा तर तिमी आएनौ प्रिय । केवल आए त तिम्रा सुकोमल पदचापहरुले उछिट्याएका धुलाका साना साना कणहरु पुनः भिजाउन यिनै निर्दोष परेलीहरु । चुपचाप स्वीकारेँ, सम्झेँ यिनै हुन् तिमीले पठाएका असली स्पर्शका कोसेलीहरु जुन मेरो अप्राप्यताभित्रको अमूल्य प्राप्ति । Read more
उहिले, उहिले भीष्म पितामहले पाएको जस्तो इच्छा मृत्युको बरदान नपाए पनि निश्चित आयुसम्म बाँच्ने बरदान त जो कोइलाई पनि तागेरा निङ्ग्वाफ़ू माङ्ग्ले दिएको छ । अब, उही माङ्गले दिएको जीवन बाँकी रहुन्जेल के के, के केहरू सँग जुध्दै जुध्दै भए पनि फ़क्ताङ्गलुङ्ग जस्तो हावा हुरीले पनि नडगमगाउने अटल पहाड भै, Read more
हामी एक योद्धा कसैले रोक्न र छेक्न सक्दैन नरम छन् काँडेबार बन्धनहरू बाँध्न मृग भएर दौडन्छन् उर्लेर वेर्न थाल्छन् छालहरू तिनलाई हरदम पार गर्न हामी तैनाथ भएर सजग हुन्छौँ हामी एक योद्धा हिँड्दा गर्जन्छौँ आफ्नै पथमा बुटका आवाज घन्कँदा द्वार खुल्छन् दिवास्वप्नका स्वरहरू सुकेर टुट्दै जान्छन् क्षतविक्षतमा जन्जिरले बाँधिएको भूमरीबाट Read more
तिमीले शिरमा गुलाफ सिउरिएछौ मैले आँखामा वास्ना खोजिहिँडेँ, मुटुमा खाली सिंहासन थियो हातमा तिमी मुकुट खोजिरह्यौ । तिमीले बोलेर पनि केही नभनी गइछौ, मैले नबोलेर केही पनि भनिनछु । वर्षौ वर्ष आँखाको फ्रेममा टाँसेर प्रेम कति भ्रममा बाचिरहेका रहेछौं हामी ! (मोरङ) Read more
यमुना, जसले वैँसका संवेदनाहरू आस्थाका छातीभरि घोप्ट्याएकी थिइन् ! रहरका देउरालीहरूमा पिरतीको मिठो भविष्य रोपेकी थिइन् नसोच्दा–नसोच्दै, छिनभरमै गल्र्याम्म ढलेर आज विस्तारै निदायो उनको पहाड र जीवनको आँटीभरि एउटा निर्जन नीहारिका उघारेर झल्यास्स ब्युँझियो जूनीभर दुखिरहने पीडाको निर्मम इतिहास ! तर, कस्तो अचम्म ! मृत्युका पिरामिडहरू उठाएर रगतले लेखिएका जीवनका Read more
स्वतन्त्रता र उज्यालो आँखाभरि बोकेर कहिले भिरैभिर चेतनाको गीत गाउँदै हिड्यौ कहिले तिरैतिर नदीजस्तै अबिराम बगिरह्यौ कहिले सतिसालझैं समरको अग्रभागमा छाती थापेर उभिइरह्यौ गरिब, निमुखाको निम्ति ओहो ! हाँसीहाँसी जीवन बलिदान दियौ तिम्रो त्यो अदम्य साहसलाई सलाम प्रिय सहिद, तिमीलाई सलाम ! दु:खीको दु:खलाई आफ्नो दु:ख बनायौ दु:खीको सपनालाई आफ्नो Read more