जित्ने प्रयास गर्दा गर्दै हार्छ जिन्दगीले थाहा छैन कति पटक मार्छ जिन्दगीले । खुसी हुने बाहानामा भौतारिदै छ मन हेरौँ अझै कति आँशु झार्छ जिन्दगीले । सफलताका लागि पाइला चाल्दै गर्दा झन झनै दुख पीरमा पार्छ जिन्दगीले । ए समय चोट पनि कति दिन्छस अझै दुखलाई सुखमा कहिले सार्छ जिन्दगीले । (बागलुङ)