मनहरु बगर भए भने क्रान्तिको ढुङ्गो उम्रन सक्छ । सत्ताको बुट बारुदको फुट फगत त्रास - समय फगत सन्त्रास शोक, भोक र क्रोधको भोकै भोग हुनुभन्दा अनुदार भए भने मनहरु फेरि शान्तिको मुद्रा टुक्रन सक्छ ।। मान्छेहरु- माउते भएपछि नबिर्सन वाहनको भोक आँखामा लागेपछि भोकका डामहरु शिकार हुनसक्छन् लगाम समाउने Read more
राता-राता झण्डाहरु सिलाएको बिर्खे फेरि उनै मुखियाको आगनमा भोको पेट सिलाइरहेछ आफ्नै नशाको धागो र हड्डीको सियो बनाएर । छोरीको कुमारीत्व अपहरणमा परेको दिनबाट आमाको रात निदाउनै मान्दैन कमरेड ! छ भने पठाइदिनु एकमुठ्ठो 'स्लिपिङ ट्याब्लेट' राधाको घरमा । आँसुको मलम लगाउँदा पनि श्रीमतीले झनझन् चहर्याउने गर्छ गोली अड्केको तिघ्रा Read more
आकाश रोइरहेको छ धर्ती चिच्चाइरहेको छ रङ्गीन संसार रङहीन भएको छ सङ्लो पानी बोकेर पोखिने कच्चन खोलाहरु, छहराहरु किटाणुका किट बोकेर मिश्रित भैरहेछन जिवाणुसँग । स्वदेशी स्वादिष्ट भोज गर्न पाइने स्वादिष्ट भोजनालयहरु स्वादहीन भएका छन, स्वच्छ गन्ध बोकेर हिँड्ने हावा पनि गन्धहीन भएको छ घर घरका ढोकाहरू बन्द छन् एउटा Read more
कमरेड, तपाई त सुरक्षित हुनुहुन्छ है ? यो बिरामी गाउँ यत्ति चाहन्छ, समय नै दुर्घटनामा परेको यो क्षणमा कमरेड, तपाई चाहीँ सुरक्षित रहनुहोला ! भोको बच्चाले अगेनामा पोलिदै गरेको रोटी हेरेझैं डाँडाखर्के माइलाले हेरिरहेछ हुरीले उडाइ लगेको–घरको छानो । असार भन्दा बढी रोएका छन् आँखाहरु पहिरोले एकै गासमा निलेको छ Read more
प्राचीनदेखि चलिरहेको घडीले अहिलेसम्म समय देखाएको छैन । सम्बन्ध जोडेर सिन्दुरसँग सृष्टि चलाइरहँदा पहाड बोकेर पाठेघरमा समानताको घडीले समय देखाएको छैन । आकाशमुनि आकाशलाई नै छानो बनाएर फोहोरसँग भोक साटेर धडकिन्छ मुटु भाग्यमा चल्न खोजेको घडीले समय देखाएको छैन सडक छेवैमा । परदेश गएका सन्तान फर्किएका छैनन् - जस्तो क्रान्ति Read more
जनता अस्पताल र अस्पतालको प्राङ्गणमा औषधीमुलो नपाएर बेड र अक्सिजन नपाएर छटपटाउँदै र चिच्याउँँदै जीवन बचाउन अनुनयविनय गर्दै इहलीला त्याग र आत्मदाह जे गरे नि के भो र वाल मतलव ! किनकि, म हरिलठठू र निकम्मा अनि गैरजिम्मेवार र सत्तालिप्सा जे जस्तो भए नि सहजै चलाएकै छु शासन र सत्ता Read more
जूनजस्तै हुनु मैले कहिले भनेँ र ? आज तिमी जून जस्तै बन्ने कुरा गर्छौ मलाई अस्ताउने जून भन्दा सारा धर्तीलाई उज्यालो बनाउँदै खस्ने तारा नै मन पर्छ बेसारे शितलताभन्दा एक झुल्को उज्यालो नै सही छोरी तिमी बेसारे जून होइन चेतनाको तारा बन्नू । फेरि उही गुलाफको कुरा नगर छोरी मसँग Read more
तिमीलाई तिमीले जत्तिकै चाहने मान्छे, तिमीलाई तिमीले जत्तिकै प्रेम गर्ने मान्छे, तिम्रा हरेक उत्साहमा हरेक निराशामा हरेक सबलता र दुर्बलतामा हरेक सही अनि गल्तीहरुमा, निरन्तर साथ दिने तिमी मात्र हौ । जबसम्म तिम्रा गुणहरुले अबगुणहरुलाई जितिरहन्छन्, जबसम्म तिम्रा हरेक संभावनाहरुले सकारात्मक ध्रुव पछ्याइरहन्छन्, जबसम्म तिम्रो जीवनको लय तिम्रा वरिपरिका मान्छेहरुको, Read more
आज अस्ताई गएको सूर्यलाई जस्तो म अध्याँरो अघि तिमीलाई भर्खरै ढलेकोरूख जस्तो हेरिरहेको छु थाह छ फेरि बिहान घाम आउँने छ तिमी आउँने छैनौं तर म तिम्रो आगमन सोचिरहेको छु थाह छ ढलेको रूख उठ्ने छैन । तिम्रो सदासदाको बिदाईपछि तिमी फर्कन्नौँ भन्ने थाह छ तर म बाटो कुरिरहन्छु Read more
तिमी जन्मिएको थियौ नाङ्गै मजस्तै म पनि जन्मिएको थिएँ नाङ्गै तिमीजस्तै अर्थात् तिमी र म निर्वस्त्र थियौँ जति बेला आमाको कोखबाट निस्किएर पहिलोचोटि संसार चियाएका थियौँ हामीले त्यति बेला हामीमाझ घमण्ड थिएन आह्रिस थिएन पैसाको तुजुक थिएन राजनीतिक गुल्चे खेल थिएन धोका थिएन सांसारिक मायामोहको लोभ थिएन स्वार्थहरूको लटरम्म क्षोभ Read more