प्राचीनदेखि चलिरहेको घडीले अहिलेसम्म समय देखाएको छैन । सम्बन्ध जोडेर सिन्दुरसँग सृष्टि चलाइरहँदा पहाड बोकेर पाठेघरमा समानताको घडीले समय देखाएको छैन । आकाशमुनि आकाशलाई नै छानो बनाएर फोहोरसँग भोक साटेर धडकिन्छ मुटु भाग्यमा चल्न खोजेको घडीले समय देखाएको छैन सडक छेवैमा । परदेश गएका सन्तान फर्किएका छैनन् - जस्तो क्रान्ति फर्किएको छैन रहरको अन्तिम स्वास जबर्जस्ती सन्तान देख्नकै लागि घडकिएको छ पर्खाइको सपना बोकेको घडीले विपनाको समय देखाएको छैन । युद्धको जित कल्पिरहेको सिपाही सिमानाको फैसला कुरिरहेको जनता दिनपछि रात बोलाइरहेको आकाश अन्तिम भेटलाई देखिरहेको प्रेमी समय देखे आ-आफ्ना सबैले तर अहिलेसम्म घडीले समय देखाएन । भ्रमको घडी बाँधेको समाज अन्धविश्वासमा आधुनिकता किन्दछ तिमीले सोच्यौ एकपटक अहिलेसम्म घडीले किन समय देखाएन ? (पोखरा, कास्की)