तिमी जन्मिएको थियौ नाङ्गै मजस्तै म पनि जन्मिएको थिएँ नाङ्गै तिमीजस्तै अर्थात् तिमी र म निर्वस्त्र थियौँ जति बेला आमाको कोखबाट निस्किएर पहिलोचोटि संसार चियाएका थियौँ हामीले त्यति बेला हामीमाझ घमण्ड थिएन आह्रिस थिएन पैसाको तुजुक थिएन राजनीतिक गुल्चे खेल थिएन धोका थिएन सांसारिक मायामोहको लोभ थिएन स्वार्थहरूको लटरम्म क्षोभ थिएन हाम्रो ज्ञानै थिएन हामी बाठे थिएनौँ हामीमा समानता थियो हामी नाङ्गै थियौँ हामीमा वस्त्र-मोह थिएन हाम्रो नाङ्गोपनमा महाशान्ति थियो शुरुमा हाम्रा मध्य र अन्ततिर त्यो महाशान्ति कसरी पाउनु ? नानीजस्तै सधैँ सबैको आँखामा कसरी वास बस्नु ? अहिलेको हाम्रो नाङ्गोपनमा कति धेरै विषमता र विमर्श ? कति धेरै विरोध र बहिष्कार ? कति धेरै कामुकता र व्यभिचार ? हामी साना छँदा विरोध थिएन अवरोध थिएन पाप थिएन अपराध थिएन घातको धारिलो हतियार थिएन योग्यताको सिंहासन अयोग्यताले खोसेको थिएन सबै एक समान थियो म नाङ्गै तिमी नाङ्गै कत्रो सन्चोपन थियो हाम्रो रुवाइमा पनि कुनै दुखाइ थिएन लालची भुकाइ थिएन स्वार्थी झुकाइ थिएन हामीमा मपाईँ थिएन अहो ! सधैँ शिशु नै हुन पाए त !! तर अचेल तिमी ठूलो भयौ तिम्रो नजरमा म सानो भएँ तिम्रो मनबाट लोभको जुलूस निस्किरह्यो तिम्रो दिमागमा पैसा कमाउने चक्रान्त उम्रिरह्यो तिम्रो चकचके सोचले मेरो लठेप्रो सोचले तिमी बाङ्गो भयौ म सीधा भएँ हारेर पनि जित्ने भयौ तिमी म भने हारेको हारेकै भएँ म टेकिइएर तिमी उभियौ म ढलेको ढलेकै भएँ असमानताको कालो खाडल खनियो तिमी र ममाझ म तल तिमी माथि पुग्यौ म देवीदेवताअघि झुकेँ तिमी रुपियाँअघि झुक्यौ अचेल म त उक्लिनै सकिरहेको छुइनँ तिमी भने पापको सिँढीमा ठोकिएका अपराधका पयठहरू टेकेर अझै अग्लिँदै जाँदैछौ कस्तो असमानताको खाडल हो यो समानताको माटोले पुरिँदै नपुरिने ? वाद र वादीहरूका मगजहरूमा धरि तिम्रो गिन्ती भइरह्यो मेरो बिन्ती खेर गइरह्यो अहँ अझैसम्म समानताको शिरढुङ्गो राख्न सकिएन यो डिजिटाइज्ड समयसम्म पनि खै, कुन्नि किन !!?? (खरसाङ, दार्जिलिङ)