यो श्रद्धाञ्जलीको मौसम नबजाउनू कतै नौमती र पन्चैबाजाहरू नकहनू विशिष्टहरूको सवाइ चौतर्फी बजिरहेको शोक धुनमा बरू थप्नू अलिकति असन्तोषको राग जनाउनू जिवन्तताको आभास । पत्रैपत्र बादलभित्रको अनिश्चित घाम हेर्दै अन्योल भएर नकटाउनू आफ्ना अमूल्य प्रहरहरू । आफ्नै मनोमानीमा सिर्जित गरिरहेछन् मालिकहरू अनेकन अड्चन भुटिरहेछन् हामीलाई गरिबीको हाँडीमा विभेदको महामारीमा Read more
खाली, एक ठाउँमा रहेको बन्दुक बुद्ध हुन्छ। कसैले बन्दुकको नालमा गुलाफ सिउरीदिन्छ भने उत्तिकै सुन्दर लाग्छ, सुन्दरीको शिरमा सिउरीएसरी। सिरान हालेर सुते सिरानी बन्छ। टेकेर हिँडे लठ्ठी ऊ केवल बन्दुक हुन्छ, हतियार हुँदैन । जब आँखामा अशन्ति बोकेकोले आफ्ना फलामे हातमा लिन्छ बन्दुक अनि मुटुभरिको बारूद गोलीमा भरेर ओकल्न थाल्छ Read more
आज फेरि तिमी आँधी भएर उड्छु भन्छौ कहाँदेखि उड्छौ र कहाँ पुगेर बस्छौ बास ? म त देख्दिनँ कुनै उद्गम दिशा म त भेट्दिनँ कतै विश्रान्ती रेखा धेरै भएको छैन समय एउटा आँधी आएर गएको आउने बेला बढार्छु भन्थ्यो पतिङ्गर कुरीतिले थुपारेको तर जाने बेला जीवनका हाँगाहरु भाँचेर गयो छानाहरु Read more
वास्तविकतालाई लुकाइदिन सक्ने सत्य र तथ्यको खिल्ली उडाउन पछि नपर्ने संस्कृति र धर्मलाई इतिहासमा मात्र सीमित गराउन खोज्ने यो कस्तो गान्तोक शहर ? अब यही टुङ्गोमा पुगे हुन्छ राजनीति कुहेकै हो आफ्नै शिरमार्फत निकैचोटि मेरो शिर नुहेकै हो । कराउँदा छन् जनता अलिबेसी जनवाद भए हुन्थ्यो के थाहा तिनलाई साटोमा Read more
नाचिरहेको छ हावा बाहिर फर्फराइरहेको छ झ्यालको पर्दा, भित्र मनमा ज्वारभाटा उठ्लाझैँ गरी रहरहरु पछारेर लैजालाझैँ गरी बेतोडले / बेजोडले चलिरहेको छ हावा । हावा चलेरै हो मान्छेहरु चल्मलाइरहेका ? यो सोच पनि त हावाजस्तै हो नत्र एक्कासी कसरी आउँदो हो, अनि नचाउँदो हो हल्लाउँदो हो मान्छेको मथिङ्गल ? कसरी Read more
यादहरु यसैगरी बल्झिरह्यो भने जिन्दगीको लामो सफर परिणाममुखी र सार्थक होला त? घुम्तीहरुमा यादास हरायो भने उकाली, ओरालीमा पाइला लडखडायो भने टंटालापुर चर्को घाममा लचप्प पसिनाले देह भिज्यो भने अनकन्टार जंगलमा नरभंक्षी सिंह गर्जियो भने अन्धकार रातमा तारा खस्यो भने दिलको धड्कन अकस्मात रोकियो भने मान्छे भित्रको गतिशील Read more
मस्तिष्क खनेर कागजका फुस्रा वियाडभरि यतिखेर, तिमी लाटा अक्षरहरूको बिउ छरिरहेछौ यतै-कतै एकहुल सुदामाहरू सारङ्गी रेटेर वर्षौदेखि गाइरहेछन् भोकको सवाई यस्तो लाग्छ यो धर्ती बाँझो राखेर खेतालाहरू निस्किएका छन् देशको मलामी र त्यही चिताको खरानी बटुलेर सत्ताका कालिगढहरू निरन्तर लेखिरहेछन् सनातन व्याकरण ! कोही त भनिदेऊ यी कुरानका गह्राहरूमा कति Read more
फूल नउठेको, भर्खर फक्रिन आँटेर पत्र निस्किन फुट्नै आँटेको लार्भाभन्दा अलि पाको, प्युपा गुलाबै त नभनौं गुलावको तरेली हो मलाई गुलावको त्यही तरेली मन पर्छ । फुलिसकेपछि त्यो मेरो हुन्न मालीको हुँदै हुन्न भ्यालेन्टाइनको रोज डे या भनौं प्लस टू को प्रपोज डे अरु नै कोही हुन्छ अख्तियार बीउ रोप्नेलाई, Read more
आमाको उध्रिएको चोली बाबाको फाटेको टोपी सिउन आफ्नै रहर र जवानी बन्दकी राखेर बिहानीको मिर्मिरे किरणसँगै प्रवासिएको म बासेको थिएन भाले तन्द्रा मै उठेथ्यो छोरो र भनेथ्यो बाबा ! धेरै पैसा कमाएर आउनुस् है । म पैसा फल्ने सहरमा अनेकन सपनाका गगनचुम्बी महलहरु बनाउँदै स्वाधीनतालाई जमानी राखेर परतन्त्रता र दासत्वसँग Read more
मेरो देश एक महाआख्यान थियो विभिन्न जाति–समुदाय स–साना आख्यानसरह थिए तर अचानक संसदभवनको बार्दलीमा जे.एफ. ल्योटार्डको भूत प्रकट भयो र महाआख्यानको अन्त्य घोषणा गरिदियो र हाम्रो महाआख्यान रातारात विनिर्माण भयो । हामी विभक्त भयौं खण्ड–खण्डमा जातिगत भाषागत क्षेत्रगत सम्प्रदायगत र खोज्न थाल्यौं आ–आफ्नो अस्तित्व इतिहासको कालखण्डमा राष्ट्र र राष्ट्रियताको कोल्टे Read more