यादहरु यसैगरी बल्झिरह्यो भने
जिन्दगीको लामो सफर
परिणाममुखी र सार्थक होला त?
घुम्तीहरुमा यादास हरायो भने
उकाली, ओरालीमा पाइला लडखडायो भने
टंटालापुर चर्को घाममा
लचप्प पसिनाले देह भिज्यो भने
अनकन्टार जंगलमा नरभंक्षी सिंह गर्जियो भने
अन्धकार रातमा तारा खस्यो भने
दिलको धड्कन अकस्मात रोकियो भने
मान्छे भित्रको गतिशील आकांक्षा
शुन्यतामा विलय भयो भने
चेतनाको दियो कसरी जल्न सक्छ र?
दृश्य र दृष्टिकोण गुम्यो भने
अनन्त जिन्दगीको सल्यक्रिया गर्न
दार्शनिक बिचार र दृष्टिकोण मात्रै
परिवर्तनको सम्वाहक बन्न सक्छ र?
हजारौं चुनौती शंकाको घेराभित्र
अमुर्त परिभाषा खोज्दै हिँड्ने हो भने
हजारौं मान्छेका लाखौं सपनाहरू
अनन्त यो जिन्दगीको यात्रामा
शंकाको घेरा तोडेर
कसरी पूरा होला त?
(तनहुँ)