“केटाहरूसँग टाँसिएर हिँड्दा लाज लाग्दैन तँलाई ?” असैह्य भएपछि बाउको नाताले दयारामले छोरीमाथि आक्रोष पोख्यो । छोरी पनि के कम ! रिसालु आँखाले बुबातिर हेर्दै भनी, “बुबा यो पुरानो संस्कार बोकेर बाँचेको तपाईँको देश होइन । यहाँ हामीजस्ता युवतीहरू स्वतन्त्र रूपमा हिँड्न पाउने कानुन छ । म जे गरूँ, Read more
दक्षिणी फाँटमा जेठ महिनाको धुपले मुटुनै चर्काइरहेको भान हुन्थ्यो । कनैयाले सदाझैँ निधारभरि पसिना लिएर पान चपाउँदै रिक्सा ठेल्न थाल्यो । ग्राहकको पर्खाइमा कहिले यता, कहिले उता गर्दै गरेको उसको घुमेको टाउकोको आँखामा हेर्दा रिट्ठाको गेडाको याद आउँथ्यो । मानौँ त्यही कालो उसको शरीरको आकर्षण थियो । परबाट रिक्सा भएतिर Read more
“होस्टेलको कोठा हो, यो फिल्महल होइन बुझिस्” होस्टेलका वार्डेन सरले भित्तामा टासिएका चलचित्रका उभिनेत्रीका तस्विरहरू तर्फ लक्षित गर्दै छ कक्षामा तेस्रोपल्ट फेल भएको झ्वाँकमा शिशिरलाइ थर्काए । भित्तामा, किताबमा, कापिका हरेक ठाउँमा उहि नायिकाको फोटो । शिशिरको डायरीमा, पर्समा, ज्याकेटमा वा रूमालमा हरेक ठाउँमा उनै नायिकाको फोटो भेटेपछि वार्डेन Read more
पोखराबाट लगातार चार दिन हिँडेर बुटबल आइपुगेका थिए उनीहरू । कोरोना महामारी रोगका कारण लकडाउन भएको तेस्रो हप्ता थियो यो । घामपानी, गर्मीजाडो, भोकप्यास, दिनरात केही नभनी हिँड्न बिवश थिए ती परिवार । दलबहादुर, आफ्नी श्रीमति, तीन वर्षकी सानी छोरी र सात वर्षे छोरो उसको परिवारदल भन्नु नै यति थियो Read more
प्रतिमा दिदीको दु:ख र हैरानी देखेर म आफै हैरान र दिक्क भएको छु । यो उमेरमा आएर पनि अब यत्तिको भागदौड गर्न छाडिदिनुस भनेको दिदीलाई पटक्कै लाग्दैन । दिदी आफ्नै जिद्दीमा अडिनु हुन्छ, कहिले बिहानको चार बजे घरबाट निस्केको मान्छे राति गाडी नपाएर अलपत्र परेपछि केटाहरु बाइक लिएर लिन जानुपर्छ Read more
हामी केटाकेटी नै थियौँ । मलाई अलिअलि स्मृति छ, धुधिँलो स्मृति । मैले हेक्का पाउँदा देखेको जगतदाइको मुखाकृत भुल्दिनँ । पुलिसहरू आएका थिए गाउँमा । अनौठो लागेको थियो । रातो गोलो टोपी, खाकीको खैरो बर्दी, हातमा रातो कापी र लौरो मात्र थियो । तीनजनामा, दुईवटाले बन्दुक र एउटाले फलामको साङ्ली Read more
हुँदाको कथा एक प्रकारको । नहुँदाको कथा एक प्रकारको । जीवनमा सङ्कट थियो । उताडचडाव थियो । प्रतिश्पर्धा पनि थियो । शिक्षा आर्जन गर्ने । पद र प्रतिष्ठामा पुग्ने । धन आर्जन गर्ने । विज्ञानका सम्पूर्ण उपलब्धीको उपभोग गर्ने । जीवनलाई सम्पन्नशाली बनाउने । कृष्णनारायणको जीवन पनि यस्तै थियो । Read more
आरनले खलाँतीको साथ पाएर फलामलाई रातीगेडी बनाएको थियो । त्यहाँ दौरासुरुवाल र फाटेको जाँघे लगाउनेदेखि सारीचोलो अनि टालेका धोती लगाउनेसम्मको जमघट थियो । साहिँला दाइ रातीगेडीलाई आकार दिन तम्सिरहेका थिए । उनको अनुहारमा श्रमका दाना बर्सिरहेका थिए । ‘ए साहिँला ! छिटो हँसिया पिटी दे न, घरमा खेतारा आउने बेला Read more
“हजुरआमा म कसरी जन्मिएकी ?” “तँलाई जन्माएको होइन, भेट्टाएर ल्याएको हो । ” मैले सधैं प्रश्न सोध्दा हजुरआमाले दिने जवाफ यही हुन्थ्यो । किन किन त्यो कुराले मनमा असाध्यै बिझाउँथ्यो । म एक्लै हुँदा रुने गर्थे । चारवटी दिदीको बिहेपछि म जन्मिएकि थिएँ, अन्तिम छोरी तर पनि बालाई छोरो Read more
‘नेपालबाट एउटी राम्री केटी आएकी छ यार हाम्रै कलेजमा’ भनेर क्लासरूमतिर लाग्यो गोपाल । एक त विदेश त्यसमा पनि म पढ्ने कलेजमा नेपालीहरू कम थिए । सायद त्यसैले पनि होला नेपाली केटी स्टुडेन्टको रूपमा देखा पर्नु ठुलो कुरा हुन गयो हाम्रो लागि । हामीहरू विभिन्न बाहनामा उसको सामु देखा पथ्र्यौं Read more