(१) गोर्खालीले अरूलाई रुवाएर हाँस्न जान्दैन अर्कालाई दबाएर आफूलाई उकास्न जान्दैन देशको लागि लड्न र मर्न तयार रहन्छ सधैँ स्वार्थको लागि मात्रै साइनो गाँस्न जान्दैन । (२) सहज - सरल, असल, सुशील बानी हुनुपर्छ सानो खुसीमा रमाउने जिन्दगानी हुनुपर्छ घमण्ड र अहङ्कार केका लागि ए प्राणीजति मै हुँ भने Read more
(१) अतीतको स्मृतिले रून बाध्य भएँ म सम्झनाले मुटु मेरो धुन बाध्य भएँ म मेरो मासी आफ्नो गाँसी खुसी छेउ होला विवशताले अर्कैको हुन बाध्य भएँ म । (२) सधैँ सम्झने चिनारी नामले दिनु पर्छ रूपले हैन परिचय कामले दिनु पर्छ समाजमा यस्तो काम गरेर जानु हजुर थालनी मात्र हैन Read more
(१) दाउरो बलेपछि भएको खरानी काम लाग्छ बाँसमा पोरा बाँधे मदानीकाम लाग्छ काम नलाग्ने आज केही भोलि कामलाग्ला, सम्हाली राखे फलामको छेस्को मानी काम लाग्छ। (२) आज सबैतिर तिरङ्गा झण्डा फरफराएको देखिन्छ वाहनमा बोकी देशप्रेमको गीत गाएको देखिन्छ स्वाधीनता दिवस यो विशेष दिनमा सबैको हातमा ध्वज भोलि तिनै ध्वज Read more
झम्मझम्म पानी प¥यो, गड्याङ् गुडुङ् गर्यो, हेर्दा हेर्दे पारी पाखा, चिप्लिएर झर्यो बग्ने खोला थुन्यो हेर, ठूलो ताल भयो त्यही ताल फुटिदियो, तल बाढी गयो भैंसी बग्यो, बाख्रा बग्यो, जोत्ने गोरु बग्यो हेर्दा हेर्दै हाम्रो भाग्य, कति सार्है ठग्यो बाढीआउँदा ठूला रुख, हाँगाबिँगा भाँच्ने खेत बग्यो, बारी बग्यो, अब के Read more
(१) फूल लाउँ कि तरकारी बारी बाँजियो जागिर छोडौं, सरकारी बारी बाँजियो के गर्ने ? के नगर्ने ? गाह्रो पर्यो हे प्रभु को भेटिएला मनकारी ? बारी बाँजियो । (२) दक्षिणा फिर्ता माग्नेलाई साधुवाद कर्तव्य छोडी भाग्नेलाई साधुवाद सच्चा देशभक्त नागरिक हुँ भन्दै देश–द्रोहमा लाग्नेलाई साधुवाद । (३) जनै फेर्नै Read more
(१) जुन भाँडोमा हाल्यो पानीको उस्तै आकार हुन्छ यौन पिपासुलाई आँसुको हैन मासुको बजार हुन्छ कुरा मात्र ठूला आदर्श प्रेम र समर्पणका व्यवहारमा लमतन्न सुत्नु उनीहरुको संसार हुन्छ । (२) मेरो पीडाको साक्षी एक मात्र अनिदो रात र सिरानी छ त्यही अन्धकारमा घातकै अध्याँरो छ कालो कहानी छ त्यसैले लेख्यो Read more
(१) सपनाहरुको चाङमा सुकाएर जिन्दगीलाई आकांक्षाको झिरमा उनाएर जिन्दगीलाई काकाकुलझैँ भा छ प्यासहरुको प्यालाले पोखूँ लाग्छ किन फुकाएर जिन्दगीलाई । (२) जे हुन्छ राम्रोकै लागि हुन्छ टुटेफुटे भाँडाकुटीका लागि हुन्छ कति भनु राम ! भिरमा हाम फाल्नेलाई प्रकृतिको नियम झरेपछि भुसियाका लागि हुन्छ । Read more





