(१)
दाउरो बलेपछि भएको खरानी काम लाग्छ
बाँसमा पोरा बाँधे मदानीकाम लाग्छ
काम नलाग्ने आज केही भोलि कामलाग्ला,
सम्हाली राखे फलामको छेस्को मानी काम लाग्छ।
(२)
आज सबैतिर तिरङ्गा झण्डा फरफराएको देखिन्छ
वाहनमा बोकी देशप्रेमको गीत गाएको देखिन्छ
स्वाधीनता दिवस यो विशेष दिनमा सबैको हातमा ध्वज
भोलि तिनै ध्वज बाटोमा मटरलेउडाएको देखिन्छ ।
(३)
अन्तर मनका कुरा सुनाउने हेपिएको हुन्छ
मनका गाँठा सबै फुकाउने हेपिएको हुन्छ
मान्छेको मन पनि जता हावा त्यतै बग्दो रैछ,
स्वच्छ मनले सम्बन्ध निभाउने हेपिएको हुन्छ।
(गोवालपाडा, असम)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।