मान्छे जस्ता आकृतिको वरिपरि उसले उसलाई नभेटाएपछि उसले आफ्नो खोजी गर्न थालेको हो उसको आत्मा जागेको हो शरीरले शरीर छोड्न नमानेपछि इन्द्रेणी रंग आँखा भरी तैरिएको हो भूमण्डलीय पिण्ड झोल बनेको आफ्नै कानले सुनेको हो लेदो, गन्हाएको झोल आँखा त उहिल्यै रोगसँग साटेको थियो कुकृत्य हेर्न नपरोस् भनेर अँ साँच्ची, मान्छे खान नपाएर कति दिन बाँच्छ पानी नपाएर कति घण्टा बाँच्छ होला हावा खाएर त वर्षौ बाँचेको छ विभेद खाएर सिङ्गो आयु काटेको छ तर असत्य नखाएर नि ? जन्म, जीवन, मृत्यु सबै कर्म सकिएपछि पाक्नु मात्र काम बचेको थियो उसको लागि घृणाको लप्का उठीसकेको थियो अपहेलना, असहयोग, तिरस्कारको चिता जलाउन मात्र बाँकी थियो पृथ्वी भित्रको ज्वाला तातेर बाहिर निस्कन्छ भन्थे तैलिय लाभा, उसलाई आगो चाहिएको थियो ऊ तेलको प्रतिक्षामा थियो आगो बाल्ने तेल विभेद जलाउने तेल जसले सब्बै एउटै बनाओस् तेल पानी बराबर । पृथ्वी गोलो छ, घुम्छ भन्छन् सबैको पालो आउँछ भन्छन् पृथ्वी साँच्चिकै कहिले घुम्छ हँ नहुनेमा हुने कहिले घुल्छ हँ ? उसलाई सब्बै मान्छे घुलिएर एउटा सिङ्गो मान्छे बनेको हेर्नु छ !
(धनगढी, कैलाली)