(१) गोर्खालीले अरूलाई रुवाएर हाँस्न जान्दैन अर्कालाई दबाएर आफूलाई उकास्न जान्दैन देशको लागि लड्न र मर्न तयार रहन्छ सधैँ स्वार्थको लागि मात्रै साइनो गाँस्न जान्दैन । (२) सहज - सरल, असल, सुशील बानी हुनुपर्छ सानो खुसीमा रमाउने जिन्दगानी हुनुपर्छ घमण्ड र अहङ्कार केका लागि ए प्राणीजति मै हुँ भने पनि एकदिन खरानी हुनुपर्छ । (३) अहममा डुबेर आफूलाई श्रेष्ठ मान्नेले मान्दै गरुन् पिठ्युँपछाडि तिता बचनले हान्नेले हान्दै गरुन् सत्य मार्गमा अडिग रही हिम्मत नहारी कर्म गरौँ हिँड्दै जाऊँ आफ्नो बाटो खुट्टा तान्नेले तान्दै गरुन् । (कामरूप, खेत्री)