(१)
फूल लाउँ कि तरकारी बारी बाँजियो
जागिर छोडौं, सरकारी बारी बाँजियो
के गर्ने ? के नगर्ने ? गाह्रो पर्यो हे प्रभु
को भेटिएला मनकारी ? बारी बाँजियो ।
(२)
दक्षिणा फिर्ता माग्नेलाई साधुवाद
कर्तव्य छोडी भाग्नेलाई साधुवाद
सच्चा देशभक्त नागरिक हुँ भन्दै
देश–द्रोहमा लाग्नेलाई साधुवाद ।
(३)
जनै फेर्नै काम भयो
डोरो बेर्ने काम भयो
मन्त्र सुन्न एकचोटी
युटुब हेर्ने काम भयो ।
(४)
सँगै हाँसी खेली बस्ने चाहना हो मेरो
सूदुर हनु दुनियाँमा बाहना हो मेरो
प्रीति दिगो नभई कहाँ चल्छ जिन्दगी
हिरामोति सरी तिमी गहना हो मेरो ।
(५)
म एउटा विद्यार्थी बाबा आमाको गास उठाएर आएको छु
दुर्गमबाट काठमाण्डौ विद्वान बन्ने आश उठाएर आएको छु
पैसा नलाग्ने तर जीवनभर काम लाग्ने शिक्षा देऊ हे गुरु देव
बन्दकीमा चाराना जग्गा र झुप्राको बास उठाएर आएको छु ।
(गुल्मी)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।