(१) फूल लाउँ कि तरकारी बारी बाँजियो जागिर छोडौं, सरकारी बारी बाँजियो के गर्ने ? के नगर्ने ? गाह्रो पर्यो हे प्रभु को भेटिएला मनकारी ? बारी बाँजियो । (२) दक्षिणा फिर्ता माग्नेलाई साधुवाद कर्तव्य छोडी भाग्नेलाई साधुवाद सच्चा देशभक्त नागरिक हुँ भन्दै देश–द्रोहमा लाग्नेलाई साधुवाद । (३) जनै फेर्नै काम भयो डोरो बेर्ने काम भयो मन्त्र सुन्न एकचोटी युटुब हेर्ने काम भयो । (४) सँगै हाँसी खेली बस्ने चाहना हो मेरो सूदुर हनु दुनियाँमा बाहना हो मेरो प्रीति दिगो नभई कहाँ चल्छ जिन्दगी हिरामोति सरी तिमी गहना हो मेरो । (५) म एउटा विद्यार्थी बाबा आमाको गास उठाएर आएको छु दुर्गमबाट काठमाण्डौ विद्वान बन्ने आश उठाएर आएको छु पैसा नलाग्ने तर जीवनभर काम लाग्ने शिक्षा देऊ हे गुरु देव बन्दकीमा चाराना जग्गा र झुप्राको बास उठाएर आएको छु । (गुल्मी)