(१) अतीतको स्मृतिले रून बाध्य भएँ म सम्झनाले मुटु मेरो धुन बाध्य भएँ म मेरो मासी आफ्नो गाँसी खुसी छेउ होला विवशताले अर्कैको हुन बाध्य भएँ म । (२) सधैँ सम्झने चिनारी नामले दिनु पर्छ रूपले हैन परिचय कामले दिनु पर्छ समाजमा यस्तो काम गरेर जानु हजुर थालनी मात्र हैन अञ्जामले दिनु पर्छ । (३) पाखुरीमा साँच्चै बल छ भने गरेर देखाउनु देशको निम्ति सक्छ्यौ भने मरेर देखाउनु मुखले मात्र बोलेर प्रगति हुँदैन मेरो साथी अरूको बाटो नहेरी अघि सरेर देखाउनु । (मोनाबारी गाउँ, विश्वनाथ, असम)