झम्मझम्म पानी प¥यो, गड्याङ् गुडुङ् गर्यो,
हेर्दा हेर्दे पारी पाखा, चिप्लिएर झर्यो
बग्ने खोला थुन्यो हेर, ठूलो ताल भयो
त्यही ताल फुटिदियो, तल बाढी गयो
भैंसी बग्यो, बाख्रा बग्यो, जोत्ने गोरु बग्यो
हेर्दा हेर्दै हाम्रो भाग्य, कति सार्है ठग्यो
बाढीआउँदा ठूला रुख, हाँगाबिँगा भाँच्ने
खेत बग्यो, बारी बग्यो, अब के खाई बाँच्ने ?
सबै सबै ध्वस्त पा¥यो, बाटो छैन बत्ती
बगाउँदा खाने खेत , निद्रा छैन कत्ति
अब भने सबैतिर रुख रोप्नु पर्ला
त्यसो भए बाढी पैरो, अलिकमै झर्ला ।
(लमजुङ)