मलाई ठेस लागेको थियो उस्ले लड्यो भनेर सम्झेछ म लडेको थिएँ उस्ले ढल्यो भनेर सम्झेछ म ढलेको थिएँ उस्ले मर्यो भनेर सम्झेछ। मेरो बारेमा ऊ सधैं एक कदम माथी सोच्छ। म उठ्दा उस्ले हिँड्यो भन्दिन्छ म हिँड्दा उस्ले दगुर्यो भन्दिन्छ म दगुर्दा उस्ले माथि माथि उड्यो भन्दिन्छ। मलाई जलाउन उस्ले पत्करहरू बटुली बस्छ। उसको दुर्भाग्य यति हो कि म कसिङ्गर सफा गरिरहन्छु मलाई खसाउन उस्ले सधै एक कदम अघाडी धकेलीदिन्छ मलाई यसैले ऊ सधैं मेरो पछाडि कुदिरहेको हुन्छ। धीरोद्धत उस्को मनलाई शान्ति छैन उस्ले मेरो चरित्रमा दाग छ पनि भन्छ मैले लगाएको टोपी मैलो देख्छ उसको कमसल आँखाले। उसको झोंक यति सम्म छ कि मौका परे जुनको सुन्दरता नै खोसीदिऊँ र आकाशलाई भुइँमा झारु भन्छ उस्ले मैले टेकेको धर्ती खोसिदिऊँ भन्छ। मैले सुनेको उस्को घरमा मेरो पाइला नपरोस रे ! म भने उस्को उपहास पर्खिरहेको हुन्छु मेरो बदख्वाई नगरी उस्को खाना हजम हुँदैन म जान्दछु यसैले मेरो शुभ खबरहरु उसको कानमा परिहालोस भन्छु। उस्ले मलाई लुङ्गी लगाउन खोज्दा म छाती थापिरहेको हुन्छु ऊ मेरो प्रत्येक पाइलामा काँडा परोस भन्छ ऊ मेरो शत्रु पनि होइन मित्र पनि होइन तर ऊ हो मेरो एउटा कामलाग्ने मान्छे । (कलकत्ता)