प्रश्न त तिमीले सोधेका हौ सधै..! खुसी भई हाँस्दा स-साना प्राप्तिहरूमा, सोधेका हौ- ‘हैन छोरै पाइस् कि क्या हो ?’ भनी ! मानौँ, म छोरो भै जन्मेर मेरा बा-आमाको जीवन फेरिएको थियो ! अलिकती सुकिलो लगाउँदा उत्साहहरूमा, सोधेका हौ- कुन लाहुरेले दियो र लगाइस् ? मानौं, मैले पौरखले नयाँ Read more
अब भोलि एउटा छोटो चिनारी हुनेछ सातै जुनी सँगै काट्ने तयारी हुनेछ । घण्टौँ सडक जाम भयो, बाटैमा बिरामी मरे पक्कै आज मन्त्रीज्यूको सवारी हुनेछ । जनता सोध्छन पेटभरि खाना कहिले मिल्छ ? आश्वासन त दिए आफ्नै खेतबारी हुनेछ । आफ्नो कोमल मुटु दिई जुनीभरि कुर्यौ बिर्सिएछौ ऊ त Read more
युद्ध मैदानमा ढलेका शरीरसँगै रगतभित्र जलिरहेका सपनाका थोपाहरू धुवाँमा उडेर गए…. अझै पर्खिरहेछन् बन्दुकबाट फूल फुल्ने दिन (म्यान्मार) Read more
छिमेकका धामीहरुले, मलाई मसान बनाए बिना कारण संसारकै, नम्बरी बेइमान बनाए दुईचार जोगीहरुले मलाई नंग्याउँछु भनेछन् हिँजो भेटेरै सोधेँ, खै किन अर्कै बयान बनाए मान्छेहरुले मलाई, बुख्याँच्या बनाएछन् हेर्नुस् मात्र म जान्दछु, क्या बेकामको सामान बनाए जिन्दगी यसरी अड्कियो, अब फर्किन मान्दैन कहिले त रिस उठ्छ, कस्ले यी विमान बनाए Read more
सुन्दरबजारबाट गैडाकोट जाने क्रममा गाडीमा भेटिएकै दिन देखि हो शिवराम र अनिताको प्रेम बढेको । डुम्रे, आँबुखैरेनी हुँदै मुग्लिन नपुगिञ्जेल घुम्तीहरुमा कुम-कुमले मात्रै बात गरे पनि त्रिशुलीलाई दाहिने पारेर अनिता र शिवकुमारका आँखा पनि बोल्न सुरु गरेका थिए । समान्य परिचय, बोलचाल र फोन नम्बर साटासाट गरेर सुरु Read more
‘आज दिनभर मोनोरेल, रेल, स्काइ बस र पैदल यात्रा हुने छ ।’ टोकियो स्टेशनबाट बाहिरिदै गर्दा जापान निवासी गजलकार गिरिजा गैरेले सुनाए । प्रा. रामकुमार पाँडे र मलाई धितमरुञ्जेल टोकियो घुमाउने उनले योजना बनाएका रहेछन् । जापान सपनाको देश हो । रहश्यमयी भूमि हो । त्यस देशमा रहेको संसारको सबैभन्दा Read more
नेत्रहीन यो सरकार अहँ! देख्दैन सडकको कथा कहिलै रोक्न सक्दैन चक्काजाम टायरको प्रथा। टल्कने जुत्ता देखाउँदै रातो कार्पेटमा सजिन्छन् तर बुझ्दैनन् डोको बोक्ने डोल्पा बासीको व्यथा। बुढेसकालमा मुजा परेका ती अनुहारले भनि रहन्छ भो अब नसोध सपनामा आएर कस्तो छ अवस्था। क ख सिक्ने समयमा हिँड्न Read more
भन्ठानेँ देश भन्नु मेरै बस्ती मास्तिर शिर ठाडो गरेर अबिछिन्न उभिएको त्यो सेतो हिमाल हो छातीभरि त्यहि हिमाल बोकेर स्वाभिमानको गहिरो स्वास फेरि बसेँ भन्ठानेँ देश भन्नु त्यहि हिमाल हुँदै कलकल बग्ने यो कन्चन नदी हो अन्जुलीभरि त्यहि नदीको पानी उठाएर ठाडो शिरमा सिञ्चिएपछि पवित्रताको स्वर्णिम अनुभूति गरिरहेँ फेरी Read more
यो आँखा पनि अजीव छ यार ! कहिले पक्ष बन्छ र हेर्छ कहिले विपक्ष बन्छ र हेर्छ निस्पक्ष भएर हेर्न नजान्ने यो आँखा पनि अजिव छ यार ! एउटै घटना पात्र अनुसार भिन्न मत भिन्न बुझाइमा मतमतान्तर गर्दै बाद प्रतिवाद उत्रिन्छ यो आँखा पनि अजीव छ यार ! असन्तुलित भूमिका Read more