छिमेकका धामीहरुले, मलाई मसान बनाए बिना कारण संसारकै, नम्बरी बेइमान बनाए दुईचार जोगीहरुले मलाई नंग्याउँछु भनेछन् हिँजो भेटेरै सोधेँ, खै किन अर्कै बयान बनाए मान्छेहरुले मलाई, बुख्याँच्या बनाएछन् हेर्नुस् मात्र म जान्दछु, क्या बेकामको सामान बनाए जिन्दगी यसरी अड्कियो, अब फर्किन मान्दैन कहिले त रिस उठ्छ, कस्ले यी विमान बनाए ? धन्य छन् तिम्रा झुकेका, ति नशालु नजरहरु यो बूढो मनलाई, फेरी एकपटक जवान बनाए नरम कारुणिक थिएँ, जमानाले सँधै हेपेर राख्यो जब ढुंगा हुन सिकेँ, सबैले हठात भगवान बनाए । (सिड्नी)