कुटो कोदालो समाउने ’बा’ को इमान्दारी उस्तै छ, फेरेन तन्त्रहरूले धमनी अभावको महामारी उस्तै छ । बा बिसको एक्काइस भएजस्तो लाग्छ र बस्तीमा, अझै जातभात भनी हेपिरहने मकुटधारी उस्तै छ । धन भनी खाडी उडेको छोरा खाडीमै हराउँदा, बन्धकमा परेको सानो खेतबारी उस्तै छ । स्वरोजगार नामक तमसुक इन्द्रजालमा फसेछि, Read more
पल्लो कोठामा “थप्प” ठुलै स्वर गुञ्जियो। एकदमै चकचके छोरालाई डर देखाउन। उनले आफ्नै ताली थप्प पारेकी थिइन्। छोरो भने च्या~ च्या ~ चिच्याएर रुन थाल्यो। लकडाउनले दिक्क, वल्लो कोठामा मोबाइल खेलाएर बसेका उनका श्रीमान रामबाबु चिच्याए, “किन कुटेको बच्चालाई ? तिमी एउटा बाबु पनि सम्हाल्न सक्दैनौ ?” “के रे Read more
उड्दै–उड्दै एउटा लफङ्गो पत्ता एउटा रुखको कापमा अड्किन्छ घरी हाँगाका पातहरुलाई घरी जमिन हेर्दै ऊ गहिरो साँस लिँदै सुस्केरा हाल्छ र, सुस्तरी फत्फताउँछ, “तिमीसँग तिमीजस्तै हाँगाहरुसँग जोडिन नपाउनुभन्दा बढी त मलाई मेरो जमिन नमिल्नु दुखिरहेछ ।” (धरान) Read more
अनौठो आवाज आइरहेछ- ग्यासच्याम्बरमा यहुदीहरू चिच्याइरहेजस्तो पोर्नहाउसमा पोर्नस्टारहरूले खित्का छोडेजस्तो चन्द्र समसेरको कोठीमा धाईआमाहरूको खासखुस जस्तो पागलखानामा एउटा तानाशाह कराइरहेजस्तो । यो बन्दरगाहमा- के व्यापार चली रहेछ ? कसले छर्दैछ अफिमको गन्ध ? कि कोही नयाँ कोलम्वसले कोही सम्राटलाई उपहार थमाउन कसले दासहरू जहाजमा खाँदिरहेछ ? कि कोही उत्तरआधुनिक महाकवि Read more
अकवरी सुनलाई पनि कसीका कुरा छन् कानुनका कागज होइन, मसीका कुरा छन् । पेट पाल्न, शरीर छोप्न बलात्कारमा पर्दा, खोजिएको श्रव्यदृश्य दसीका कुरा छन् । तिमी भर्याङ् चढ्दा पनि लड्न खोज्छ्यौ के, गगनपुर बस्ती बसाउने शसीका कुरा छन् । विदेशी ब्रान्डको आयात, आफ्नो मुद्रा निर्यात छ, अझै आर्थिक समृद्धि, घरायसीका Read more
सुपर मार्केटबाट तरकारी किनेर फर्कंदै थिएँ । ऊसँग बाटैमा जम्काभेट भयो । हाम्रो घरतिर तरकारीको ठेला चोकचोकमा दौडाउँथ्यो ऊ । साह्रै रसिक। अन्तभन्दा एक दुई रुप्याँ घटाइदिने अनि धनियाँ र अलिकती खुर्सानी थपिदिने । उसको उदारपनाभित्रको व्यापारीपनाले मेरो टोलका महिलाहरु उसैससँग तरकारी किन्थे । “कता हरायौ के आजकल Read more
(१) झगडा छ मौरीमा कुरा के गर्नु रानोको झ्याल ढोका लाग्दैन कुरा के गर्नु छानोको भएको छ आलोचना बजार तात्नेगरी मुरी गफ चलेको बेला कुरा के गर्नु मानोको ।। (२) गरिबको गाँसमा नुन हराएको छ नेताज्यूमा जनताको गुन हराएको छ भष्टहरूको चंगुलमा फसेपछि देश साँचो आवाजको धुन हराएको छ Read more
के शासकहरू पनि कविता लेख्छन् ? हो शासकहरू पनि कविता लेख्छन् तर तिनीहरू कवितामा कविता लेख्दैनन् तिनीहरू कवितामा लाजभाँड लेख्छन् । के शासकहरू पनि कविता मन पराउँछन ? हो शासकहरू पनि कविता मन पराउँछन् तर तिनीहरू कविताजस्तो कविता मन पराउँदैनन् बरु , निलो फिल्मजस्तो कविता मन पराउँछन् जहाँ कविता हुँदैन Read more
म भने तिमीलाई संझन्छु बेहोशीमा पनि तिमी भने न देखेजस्तो गर्छौ भेटिँदा पनि।। पैसाको ढोकाबाटै आउँदा रहेछन् पिरहरू तर पिरमा काम न आउँदो रहेछ पैसा पनि।। यिनी आँखामा कति छन् व्यथा, ती आँखा देख्दैनन् आँखै न देख्ने हुँदा रहेछन् केही आँखा पनि।। आफ्नै निधार नै आफैलाई भार लाग्न थालेको छ Read more