एउटा चुलो, जसले उमेर छँदा समस्याका हरेक काँचा दाउरा हुरूरू जलाई खरानी बनाएका थिए । जति नै परोस् दुःखको साउने झरी वा हिउँदे ठिही हिउँ सरी घरलाई न्यानो राख्न हर सम्भव गरे। जसले कुनै समय, घरको चारै कोठालाई दुई काँधमा बोकेर हिँड्नलाई बल र पसिनाको इन्धनले शरीर हाँकिरहे, हाँकिरहे । Read more
पर्दैन देखाइरहनु कसैलाई माटोप्रतिको माया र श्रद्धा । इतिहासले घोक्रो सुकुन्जेल कराएका नादहरू शब्दहीन भए बहिराको कानमा पसेर माटो मलिलो बनाउने उद्यमी हातहरू हेरिरहे अकासतिर शून्यको पोको लिएर । समयको कुटिल चालमा पिल्सिएको घाउ चिकित्साधीन छ नुन छर्किएर निको पार्नेका हातमा निराशाले खोजिरहेको छ आशाको अलिकति किरण भीडले सुन्न सक्ने Read more
सत्यको किन हार देखिराछु, घरभित्रै पानी बारबार देखिराछु । शान्ति सुरक्षा, अमन चयन भन्छौ, पाइलैपिच्छे खुकुरीको धार देखिराछु । समाजवाद र समानताका कुरा मात्रै यहाँ, कोही कँगाल र कोही अपार देखिराछु । हिजो झुपडीसम्म नहुनेहरुको पनि, आज एकाएक दरवार देखिराछु । मेरो देशमा कागजी सिद्धान्त भएका, कम्युनिष्टहरुको सरकार देखिराछु Read more
उनी मुलत बिज्ञान र प्रबिधिका अनुसन्धाता थिए । उनले हप्तौ आफ्नो प्रयोगशालामा बसेर अनुसन्धान कार्यमा ब्यस्त रहन्थे । उनको कडा मेहनत र निरन्तरता साँच्चिकै तारिफयोग्य थियो । उनको प्रयोगशालाबाट मानव हितमा प्रयोग हुने सयौँ बिशिष्ट तथ्य र सामग्रीको खोज भएको थियो । बर्षौसम्म भोक तिर्खा थकाइ बिर्सेर खोजमा लागेका Read more
पर्दाभित्र नेपथ्यमा सदैव लम्पसार परेरै झुकिरहने टाउको पर्दाबाहिर रङ्गमञ्चमा सदैव ठाडै देखिएको छ - अहिलेसम्म र , ढल्काइरहेको छ - भादगाउँले ढाका टोपी । पर्दाभित्र नेपथ्यमा लज्जाको अस्तुकलश आर्यघाटमा सेलाएर सदैव नाङ्गिइरहने दीर्घरोगी शरीर पर्दाबाहिर रङ्गमञ्चमा सदैव बाङ्गिइरहेको देखिदैछ - अहिलेसम्म र, लगाइराखेको छ - निकै पुरानो जडाउरी दौरा । Read more
भजनकिर्तन उसलाई रमाइलो लाग्थ्यो । ईश्वर सर्वशक्तिमान र सर्वकृपालु भएकोले कुनै दिन उसको प्रार्थना सुनेर सुख दिनेछ भन्ने आशको त्यान्द्रोमा झुन्डिएर आफूलाई भक्तिमालिन गराइरहेको थियो । चुनाव आयो । नबोल्ने भगवानभन्दा प्रभावशाली नेताको भाषण, आश्वासन र पार्टीको घोषणा सुनेर ऊ पार्टी र नेताको समर्थक र पार्टीको सदस्य भयो । नेताले Read more