भजनकिर्तन उसलाई रमाइलो लाग्थ्यो । ईश्वर सर्वशक्तिमान र सर्वकृपालु भएकोले कुनै दिन उसको प्रार्थना सुनेर सुख दिनेछ भन्ने आशको त्यान्द्रोमा झुन्डिएर आफूलाई भक्तिमालिन गराइरहेको थियो ।
चुनाव आयो । नबोल्ने भगवानभन्दा प्रभावशाली नेताको भाषण, आश्वासन र पार्टीको घोषणा सुनेर ऊ पार्टी र नेताको समर्थक र पार्टीको सदस्य भयो । नेताले चुनाव जिते । पार्टीको बहुमत आएर सरकार बनायो । नेता मन्त्री भए ।
त्यस दिनपछि त उसले नेताले दिएको आश्वासन एकै क्षण पनि बिर्सन सकेन । पार्टीप्रति वफादार भएमात्र केही पाइन्छ भन्ने आशको त्यान्द्रो उसका लागि बाँच्ने आधार भयो । ऊ आजभोलि भगवानको भजन किर्तन छाडेर नेता र पार्टीकै गुणगान गाउन व्यस्त र अभ्यस्त छ ।
धर्ममाझँै राजनीतिमा पनि अन्धभक्त दलेझोले ! उसको सोच बन्दी भएको छ । निर्णय शक्ति, विवेक र चेतनाहीन बिचरा ऊ आपूm दलेझोले हतियार मात्र भएको समेत उसलाई थाहा हुन छाडेको छ ।
नेताले दिएको झुटो आश्वासन आशको त्यान्द्रो भएको छ ।
(धरान, सुनसरी)