पर्दाभित्र नेपथ्यमा सदैव लम्पसार परेरै झुकिरहने टाउको पर्दाबाहिर रङ्गमञ्चमा सदैव ठाडै देखिएको छ - अहिलेसम्म र , ढल्काइरहेको छ - भादगाउँले ढाका टोपी । पर्दाभित्र नेपथ्यमा लज्जाको अस्तुकलश आर्यघाटमा सेलाएर सदैव नाङ्गिइरहने दीर्घरोगी शरीर पर्दाबाहिर रङ्गमञ्चमा सदैव बाङ्गिइरहेको देखिदैछ - अहिलेसम्म र, लगाइराखेको छ - निकै पुरानो जडाउरी दौरा । नयाँ सुरुवाल पुरै खुस्किएको छ - यतिबेला र, देखिएको छ - थोत्रो कट्टुसमेत नलगाइएको अत्यन्तै आपत्तिजनक अवस्थामा - दिनडहादै यो देशका तथाकथित घनटाउकेहरुलाई अनौ भाचिएको पुरानो ठुटे हलो हल्लाउँदै वर्षौंदेखि बाझै पल्टेर बसिरहेको गैरीखेतमा जवर्जस्ती जोत्ने असफल प्रयास गरिरहेको बेला ... ! (करादीखोला, स्याङ्जा)