हामी लिँदैलिन्नौँ भन्छौं ऊ लिनै पर्छ भन्छ हामी दिँदैदिन्नौँ भन्छौं ऊ दिनै पर्छ भन्छ मेरो निर्णय म फिर्ता लिँदैलिन्न भन्छ नलिइकन सुख म दिँदैदिन्न भन्छ यो दान हो भन्छ अनुदान हो भन्छ जो लिन्न भन्छ ऊ वेइमान हो भन्छ हत्तेरिका ! कस्तो फसाद पर्यो यो अम्रिकाने मिचाहाले गर्नु गर्यो ! Read more
सहस्र किरणहरुमा दासताको विष भरेर लाखौँ ताराहरूलाई गिज्याउँदै अँध्यारोको साम्राज्यसित यो धरतीको उज्यालो साट्ने सम्झौता गर्दैछ एउटा सूर्य महासय ! यो गद्दारीवेशन हो; महाधिवेशन हुनै सक्दैन !! भित्र्र्याउँदै घातक बहुराष्ट्रिय कार्वनडाइअक्साइड आफ्नै सञ्जीवनीको अथाह र स्वच्छ अक्सिजन आवधिक रूपमा आणविक हतियारको कारखानातिर खुलेआम बुझाइरहेछ एउटा बूढो रुख महासय ! यो Read more
उत्तरआधुनिकता शब्द नेपाली र हिन्दीमा प्रचलित शब्द हो। यस संस्कृत शब्दले चौदिशामध्ये एक उत्तर र कुनै कुराको पश्चात भन्ने अर्थ बोध गर्दछ। यो शब्द यद्यपि संस्कृत शब्द भए तापनि अर्थ र प्रयोग चाँहि नेपालीमा संस्कृतबाट नभए अँग्रेजीको Post Modernism गरी दुई शब्दबाट हुबहु अनूदित भएर चलन चल्तीमा देखिन्छ। अँग्रेजीमा Read more
जिन्दगीको खाली पानामा सम्झौताका बुँदाबुँदा थुपारेर समर्पणका शब्दहरूमा दायाँबायाँ थिची सहिछाप गरिदिएको छु साक्षी किनारका सदर मानी कहिल्यै चुक्दिन सम्झौताभन्दा पर गएर भनेर। थर्थर काँपेथ्यो शरीर, लर्बराएथ्यो हात सुकोमल मेरा चक्रहरुमा लत्पतिएथ्यो अशान्तिका धर्साहरु तर बेचैन थिएन मन तिमीसँग समाहित हुनुको अलौकिक खुशीमा भुलेको थिएँ हजारौं पीडा अनि दर्दहरुलाई । Read more
गजल – मिना पौडेल
आफ्नै मनलाई सम्झाई बुझाई परदेशिएको हो घरको अवस्था कै कारण दाइ परदेशिएको हो। खरको छानो टाल्दा टाल्दै टाल्ने ठाउँ हराएपछि टिनको छानो छाउने कसम खाइ परदेशिएको हो। आफन्तहरू भएर पनि आफ्नोपन नपाएपछि आफ्ना धेरै इच्छाहरू मनमै दबाइ परदेशिएको हो। रमाउने समयमा पनि कमाउनु परेपछि नै दाइले पढ्न छाडेर जिम्मेवारी समाइ Read more
भत्किनु पूर्व मन्दिर,चर्च र मस्जिद भित्र आस्था र बिश्वासको साम्राज्य थियो मानौ यो दुनियाँ नै एकाकार थियो समयको रुपान्तरण सँगै आस्था र बिश्वासका धोतकहरु गर्याम् गुर्लुम ढले । युग प्रारम्भको शुन्य बिन्दुमा चेतनाको छाल उठ्न थालेपछि बिश्वासको प्रादुर्भाव भएको थियो आस्थाको सगरमाथा अग्लिएको थियो। त्यस बेलामै चेतनाको शल्यक्रिया गर्दै गर्दा Read more
यो समाजमा निश्चित हुन्छ, को कहाँ जान्छ। जुत्ता बाहिर हुन्छ, भित्र खुट्टा जान्छ।। यो कस्तो हो विचित्र ? म सक्दिँन बुझ्नैँ ! जिउँदो पैरमा हुन्छ, मूर्दा काँधमा जान्छ।। कस्तो भो आफ्नै घर खै ? कस्ता भए आफ्ना ! घरमा मुग्रो पर्दा घरकै रमिता जान्छ।। म उस्तै हुँ कि,कि हो मैले Read more
पैसा न सैसा टिकि ट्याँसट्याँस भन्ने त गर्थे तर दुख जेलोले सदरमुकाममा घडेरी किनेर घर बनाउन भने हम्मेहम्मे पर्ने रहेछ । बैंकले पनि सजिलै नपत्याई दिने, सरकारले सर्टिफिकेट राखेर ऋण दिने त भन्थ्यो तर ए मेरी बास्सै यो चाहिँ खास्सै भेट्टाउनु त चन्द्रमामा मानिसले बायुयान उडाए जस्तो पो रहेछ Read more
गोबध – दिल साहनी
कारागार भनेको थरि थरिका अपराधीका साथसाथै निरपराधीको पनि बासस्थान हो । निवास हो । वास्तवमा जेल बाहिर बसेका मान्छे सबै निर्दोष हुन्छन् भन्ने कृुरा पनि होइन र जेलभित्र परेका सबै मान्छे दोषी हुन्छन् भन्ने कुरा पनि होइन । कति अवस्थामा त खुँखार अपराधी पनि छाडा साँढे जस्तै बाहिर डुक्रिँदै Read more
व्यक्तित्व तथा कृतित्व स्रष्टा विष्णु भण्डारी आचार्यको जन्म धनकुटा चौबीसे गाउपालिका- ५ मा २०२५ सालमा भएको कुरा बायोडाटाले भन्छ । पिता स्व. प्रेमबहादुर भण्डारी तथा माता स्व. चन्द्रकला भण्डारीकी तेस्रो सन्तानका रूपमा जन्मेकी कृतिकारले स्नातकसम्म अध्ययन गरेको देखिन्छ । पेसाले शिक्षक भएकाले कृतिकारको कलम एकदम बेगले कुदेको छ । Read more