यो समाजमा निश्चित हुन्छ, को कहाँ जान्छ। जुत्ता बाहिर हुन्छ, भित्र खुट्टा जान्छ।। यो कस्तो हो विचित्र ? म सक्दिँन बुझ्नैँ ! जिउँदो पैरमा हुन्छ, मूर्दा काँधमा जान्छ।। कस्तो भो आफ्नै घर खै ? कस्ता भए आफ्ना ! घरमा मुग्रो पर्दा घरकै रमिता जान्छ।। म उस्तै हुँ कि,कि हो मैले नबुझेको जाँ जान हुन्न, किन उतै आँखा जान्छ !! कसैलाई जिन्दगी थाम्न लाग्छ एक पल मैले मेरो एकपल थाम्न जमाना जान्छ।। (इस्मा,गुल्मी)