न बम छ न गोली लडाइँ छ चर्को ! हिजो आज भोलि लडाइँ छ चर्को ! न ऐया न आथा न छ हान मार न रगतको होली लडाइँ छ चर्को !! न मार्चपास सैन्य न चिलगाडी नौलो ! न ढल्दै छ चोली लडाइँ छ चर्को !! ठूलै भार यसको Read more
ऊ आयो र नानीहरूबाट खोसेर निर्जीव ढुङ्गामा दुध घोप्ट्यायो ! ऊ फेरि आयो र श्रमिकहरूको गोजी काटेर श्रीपेजजस्तो सुनको गजुर लगायो ! ऊ पुन: आयो र भक्तहरूलाई लठ्याएर बारजस्तो अनुष्ठानमा अहिल्या नचायो ! °°°°° बढो गजबको छ उसको त सोखको परिपाटी पनि ! चैतन्य दियो निभाएर ऊ विज्ञानको अस्तु सेलाउँछ Read more
खरको छानो बुकुरो सानो टाल्यौ कि टालिनौ सम्साँझ आमा पालामा बत्ती बाल्यौ कि बालिनौ गै सक्यो दशैं आइपुग्यो तिहार दुनियाँ भन्दा हुन् बिदेशी छोरा टाढा छन् छोरी अनि दिन गन्दा हुन् । आँगनी डिल गुर्धाैली थुङ्गा फुल्यो कि फुलेन ? त्यो गैरी खेत अनदी धान झुल्यो कि झुलेन ? Read more
टुक्रिएका मन मुटु सिउँदै छु आज पानी बिना माछा जस्तै जिउँदै छु आज । हरेक रात सपनीमा देख्दा तिमीलाई बिर्सने बहानामा रक्सि पिउँदै छु आज । रातो साडी सिन्दुर पोतेमा तिमीलाई देख्न भनि तिम्रो बाटो चियाउँदै छु आज । आफ्नो मान्छे पराइको साथमा देखेर विदाईका हातहरु हल्लाउँदै छु आज Read more
मिठो सपना ऊ आकाश भएर गयो चाडै फर्किन्छ भन्ने विश्वास भएर गयो । ए ! सपनाका मलामीहरु हो नआउन मलाई त उस्कै आभाष भएर गयो ।। सबका नजरमा उस्तै खुल्दैन मान्छे महाजन नै यहाँ दास भएर गयो ।। सतिप्रथा मैले नि जाने बा भन्नुहुन्छ आज त ती सब इतिहास भएर Read more
उदासीको आँखिझ्यालमा बसेर जब हेर्छु यो दुनिया देख्छु उस्तै हुनुको भ्रममा डुवाएर मान्छेलाई हरेक क्षण फरक युग बाँच्न समयको मैदानमा ओहोर–दोहोर गरिरहने इन्द्रेणी दृश्यहरू । हरेक दिन वल्लो पाखा–पल्लो पाखा गरिरहन्छ सूर्य सूर्यकै ढाडमा टेकेर हरेक दिन ओहोर–दोहोर गरिरहन्छन् बिहान र साँझ र, हरेक रात अँध्यारोको सागरमा आफ्नो रूप Read more
अनुहारका रेखाहरूले बिथोलिदिन्छन् सुख सरोवरलाई भत्काइदिन्छन् हर्षोल्लासको महललाई सुरसासरी मुखबाएर निलिदिन्छन् जीवनका कैयौँ यामहरूलाई भाग्यरेखाहरूले भनिन्छ असमानताको अलोकतान्त्रिक संसार खडा गर्छन् केही नभए पनि यिनले पथिकलाई मार्गबाट विचलित गराई अवश्य रुमल्याउँछन् । समानान्तर रेखाहरू कहिलै भेटिँदैनन् कोही भन्छन् यी अनन्तमा भेटिन्छन् अनन्त अर्थात् जसको अन्त नै छैन ओहो यस्तो Read more
यस संसारमा मूर्खको औषधी बन्छ होला र ! औषधी नै खुवाएर बुद्धिमान् हुन्छ होला र ! सकारात्मक, शान्ति, विकास उसका निम्ति घाँडो शङ्कैशङ्काले उसको जिन्दगी झान्छ होला र ! बनावटी, कृत्रिमता अनि बाहिरी संसारमा रम्ने-रमाउने आजको मान्छेले धान्छ होला र ! छन् गाउँ-गाउँ अधिकारवाला छोटे राजाहरू संसारको सृष्टि-रचना भएको Read more
हो, म चुरोटको धुवाँमा हेरिरहेछु मान्छेको आकार जलिरहेछन् मान्छेका कोषहरू किन खुसी हुन्छन् मान्छेहरू आफूलाई जलाएर । र, म देखिरहेछु एउटा चित्र उज्यालो छर्ने निहु पारेर खरानी बनिरहेछ दियोको सलेदोझैँ आफू दुखेर हाँसिरहेछ संसार जितेको अभिनय गरेर सल्काइरहेछ हजारौँ दियोहरू । अनि, प्रार्थनाको गुन्जायसमा सुगन्ध छर्दै डढिरहेको धुप Read more
तपाइँलाई कस्तो लाग्छ कमरेड गाउँ गाउँका सिंहदरबार सहरभरिका लालदरबार भोकको अलाप रोदनका चित्कार असन्तुष्टिको आगो चोर बसेको चौतारो साधु चढेको शूली आँशु बगेको त्रिशुली कमरेडको केही साइनो त पर्दैन ? तपाइँलाई कस्तो लाग्छ कमरेड ? जंगबहादुरको जँग महेन्द्रको पञ्चायत विपिको समाजवाद मदनको जनवाद पुष्प कमलको प्रचण्डपथ आजको गणतन्त्र Read more