लैना हुन कि बकेर्ना हुन बाच्छा-पाडा हुन कि बूढ़ाखाडा हुन किर्नाका लागि केही फ़रक पर्दैन आँगमा पर्न पायो भने छालामा टेक्न पायो भने लपक्कै लाएर/ छालाजस्तै भएर टपक्कै टाँसिन्छन् किर्नाहरू मानिलिऊँ कि- बाहिरी अवयव हुँदै होइनन् शरीरकै एक अङ्ग हुन् किर्नाहरू! खान नपाएर टाक्सिएका हुन् कि खाँदाखाँदा उकासिएका हुन् किर्नाको Read more
(१) धनी र अगुवाहरूका निम्ति जाग्छ यो समाज काम न दाम उनिहरूकै पछि लाग्छ यो समाज जब गरीब र कमजोरको न्यायको कुरा आउँछ तब पछि फर्कि किन टाडा़ भाग्छ यो समाज? (२) गरीबहरू कैयौंदिन भोकै बसेका छन धनीहरू भने सधैँ पाँचतारेमा पसेका छन् भ्रष्टाचारीको त खै के कुरा गरौँ हजुर Read more
यादको बगैंचामा बसेर पातहरूको पछि छिपिएर सम्झनाको हिक्का पठायौ कि सम्झनाको जंगार तर्दै गर्दा चिप्लिएर पो समझी पठायौ कि भुलभुलैयाको सिँडिमा ओर्लदै जाँदा ठेस लागेर लड्दा लड्दै अन्जानैमा कतै समझी पठायौ की किन चलिरहेछ मुटुमा हिक हिकी..? यता-उता कतै कौवा चरी उडिरहेको देख्यौ भने तिमीलाई सन्चो बिसन्चो कस्तो छ Read more
मैले खुशी किन्न, कुन चिज बेचूँ ? बैमानीले जस्तै, कि इमान बेचूँ ? दु:खहरू लुकाई अब सुख पाउन बैगुनीले जस्तै कि सर्वगुण बेचूँ ? पीडाहरू छल्दै अरू हाँसो थप्न अधर्मीले जस्तै कि सत्धर्म बेचूँ ? पीर – व्यथा दबाएर फेरि रमाउन कुन विश्वास जगाऊँ कि धैर्यता बेचूँ ? विभत्स यी Read more
बादलको च्यादर ओढेर यतिखेर म, खुला आकाशको रङ नियाल्दै सपनाका सुताहरूले आफ्नै जिन्दगीको पोयो बाटिरहेछु । चर्खाजस्तै घुमिरहेछन् जीवनका हजार दृश्यहरू एउटा वर्गाकार लयको परिधि वरिपरि यस्तो लाग्छ खुसीको यो मसिनो धागो कुनै एक दिन चटक्क चुँडिन पनि सक्छ । म अभर पर्न सक्छु किनारा लाग्न सक्छु नदीमा हेलिन सक्छु Read more
(१) जीवनलाई जुवाको दाउ नबनाऊ है साथी जानीजानी मुटुमा घाउ नबनाऊ है साथी नशा चड़्छ बानी पर्छ छुट्टाउन गाह्रो हुन्छ तिम्रो देह यमराजको नाउ नबनाऊ है साथी। (२) बोकेर सपनाको भारी गल्ती गर्यौं परदेशी गएर सात समुद्र पारि गल्ती गर्यौं परदेशी गाउँमा खेत जोत्थ्यौ आज आफै जोतिएका छौं राखेर बाँझै Read more
विचारका शैलुङ्गेहरूमा स्तब्ध रातहरू चिर्दै हिमपातमा पौँठेजोरी खेल्दै तिमी उठेको बेला मुस्कुराउँछन् राताम्मे गुराँस र लालुपाते । मेरो देशको विशाल छातीमा आत्मीयताका उर्वर बीज रोप्दै तिमी निस्केका बेला सगरमाथा र माछापुच्छ्रेले ताली बजाउँछन् ! हृदयको चेतलाई प्रणको दरिलो कुटे कोदालोले खन्दै निर्माणमा जुटेका बेला नेपाली माटोले युगीन जीवनको अभिवादन ठोक्छ Read more
त्यसपछि देखिन्छ अखबारको एउटा कुनामा रंगीन अन्डरवयरको विज्ञापन अर्कापट्टी छ, लगौंटीमा साधुको तस्वीर अकस्मात कविको मानस पटलमा केही झिल्को पस्छ ‘इन्द्रीय, लगौंटी र ब्रह्मचारी’ सम्भवत यस्तै शब्दहरुले फन्को मार्छन् अनि लेख्छन् कविता ‘ब्रह्मचारीले सात वर्षीया बालिकामाथि उत्तेजनाले उचाले लगौंटी’ तर म बुझ्दिन ब्रह्मचारी या बलात्कारी ? किरिङ मिरिङ हुन्छ मष्तिस्क Read more
(१) गोर्खालीले अरूलाई रुवाएर हाँस्न जान्दैन अर्कालाई दबाएर आफूलाई उकास्न जान्दैन देशको लागि लड्न र मर्न तयार रहन्छ सधैँ स्वार्थको लागि मात्रै साइनो गाँस्न जान्दैन । (२) सहज - सरल, असल, सुशील बानी हुनुपर्छ सानो खुसीमा रमाउने जिन्दगानी हुनुपर्छ घमण्ड र अहङ्कार केका लागि ए प्राणीजति मै हुँ भने Read more
मुस्कुराइरहेछ त्यो घाट मलाई हेरेर, धिक्कार्छ आफ्नै ललाट मलाई हेरेर। थाहा छ उसलाई, म सादा जिन्दगी हुँ , किन सिङ्गारिएर बस्छ हाट मलाई हेरेर ? औँठी साटेको एक वास्तविकता म हुँ, नगर्नुस् जवानी साटासाट मलाई हेरेर । होलीजस्तै रङ्गीन जीवन हुनेछ भन्थ्यो, के सोच्दो हो मेरो सम्राट मलाई हेरेर? उड् Read more