आँसुको जहर पिएर तिम्रो सहरको गल्ली गल्लीमा भौतारिएँ केवल तिम्रै प्रतीक्षाको अतृप्त चाहानामा तर तिमी आएनौ प्रिय । केवल आए त तिम्रा सुकोमल पदचापहरुले उछिट्याएका धुलाका साना साना कणहरु पुनः भिजाउन यिनै निर्दोष परेलीहरु । चुपचाप स्वीकारेँ, सम्झेँ यिनै हुन् तिमीले पठाएका असली स्पर्शका कोसेलीहरु जुन मेरो अप्राप्यताभित्रको अमूल्य प्राप्ति । Read more
उहिले, उहिले भीष्म पितामहले पाएको जस्तो इच्छा मृत्युको बरदान नपाए पनि निश्चित आयुसम्म बाँच्ने बरदान त जो कोइलाई पनि तागेरा निङ्ग्वाफ़ू माङ्ग्ले दिएको छ । अब, उही माङ्गले दिएको जीवन बाँकी रहुन्जेल के के, के केहरू सँग जुध्दै जुध्दै भए पनि फ़क्ताङ्गलुङ्ग जस्तो हावा हुरीले पनि नडगमगाउने अटल पहाड भै, Read more
हामी एक योद्धा कसैले रोक्न र छेक्न सक्दैन नरम छन् काँडेबार बन्धनहरू बाँध्न मृग भएर दौडन्छन् उर्लेर वेर्न थाल्छन् छालहरू तिनलाई हरदम पार गर्न हामी तैनाथ भएर सजग हुन्छौँ हामी एक योद्धा हिँड्दा गर्जन्छौँ आफ्नै पथमा बुटका आवाज घन्कँदा द्वार खुल्छन् दिवास्वप्नका स्वरहरू सुकेर टुट्दै जान्छन् क्षतविक्षतमा जन्जिरले बाँधिएको भूमरीबाट Read more
तिमीले शिरमा गुलाफ सिउरिएछौ मैले आँखामा वास्ना खोजिहिँडेँ, मुटुमा खाली सिंहासन थियो हातमा तिमी मुकुट खोजिरह्यौ । तिमीले बोलेर पनि केही नभनी गइछौ, मैले नबोलेर केही पनि भनिनछु । वर्षौ वर्ष आँखाको फ्रेममा टाँसेर प्रेम कति भ्रममा बाचिरहेका रहेछौं हामी ! (मोरङ) Read more
यमुना, जसले वैँसका संवेदनाहरू आस्थाका छातीभरि घोप्ट्याएकी थिइन् ! रहरका देउरालीहरूमा पिरतीको मिठो भविष्य रोपेकी थिइन् नसोच्दा–नसोच्दै, छिनभरमै गल्र्याम्म ढलेर आज विस्तारै निदायो उनको पहाड र जीवनको आँटीभरि एउटा निर्जन नीहारिका उघारेर झल्यास्स ब्युँझियो जूनीभर दुखिरहने पीडाको निर्मम इतिहास ! तर, कस्तो अचम्म ! मृत्युका पिरामिडहरू उठाएर रगतले लेखिएका जीवनका Read more
स्वतन्त्रता र उज्यालो आँखाभरि बोकेर कहिले भिरैभिर चेतनाको गीत गाउँदै हिड्यौ कहिले तिरैतिर नदीजस्तै अबिराम बगिरह्यौ कहिले सतिसालझैं समरको अग्रभागमा छाती थापेर उभिइरह्यौ गरिब, निमुखाको निम्ति ओहो ! हाँसीहाँसी जीवन बलिदान दियौ तिम्रो त्यो अदम्य साहसलाई सलाम प्रिय सहिद, तिमीलाई सलाम ! दु:खीको दु:खलाई आफ्नो दु:ख बनायौ दु:खीको सपनालाई आफ्नो Read more
यात्रा कठीन छ साथी माथि, अलि माथि तिमी जाँदै गर म पछ्याउँछु हावामा उडेका वादलका टुक्राहरु । लेकमा पुगे सुगन्ध फैलिन्छ चौरमा फुलेका फूलहरु स्वागतमा यात्रीहरुको पाखामा लस्कर तिम्रै पर्खाइमा डाली डालीमा झुलेका यादहरु । उराठलाग्दो जङ्गलमा गोठालो बनेको क्षण विरहलाग्दो स्वरमा उहिले तिमीले गाएको गीत गाउँछु साथी म फेरि Read more
कैयौँ युगहरु फेरिए कैयौँ परिवर्तनहरु भए तर फेरिएन उनीहरूलाई हेर्ने दृष्टिकोण अझै पनि किन अछूत व्यवहार ? एउटा दलितको नाममा । उसल हरेक निरङ्कुशताको विरुद्ध अग्रपङ्क्तिमा रहेर अनेकौँ यातनाहरु सहेर लडिरह्यो ! लडिरह्यो ! तर ऊ स्वयंले पनि आफ्नो हक र समानताको महशुससम्म गर्न पाएको छैन । कहिले पैसामा जोखिएन Read more
उनीहरूसँग अब आदर्श छैन मरिसकेको छ त्यो कुनै दिन उनीहरुको आदर्शलाई हेरेर मुग्ध हुने मानिस म पनि हुँ मुग्ध भएर लेखेको डायरीको पाना अहिले पनि सुरक्षित छ मसँग उनीहरुको आदर्शलाई हेरेर मैले पनि प्रेम गर्न सिकेको हुँ आदर्शलाई । देशालाई, सङ्घर्षलाई, परिवर्तनलाई प्रेम गरेको देखेर कुनै दिन भावविभोर भएको हुँ Read more
बल्ल बल्ल देखापर्यो जून घना जंगलका बिचमा अँध्यारोमा हराइरहेको बेलामा जून आँखा बनेर उज्यालियो आशा बनेर आइपुग्यो अब हिँड्छु म मेरो गन्तव्यसम्म उही आशाका साथ उही उमंगाका साथ । बास बसेका चराचुरुंगीलाई म बिथोल्दिनँ मसँगै हिँडिरहेको मेरो छायाँलाई अलग कहिल्यै गदिॅनँ निरन्तर मैसँग हिँड्ने मेरो छायाँलाई म स्नेहले सुम्सुम्याउँछु मोडहरुमा Read more