बल्ल बल्ल देखापर्यो जून घना जंगलका बिचमा अँध्यारोमा हराइरहेको बेलामा जून आँखा बनेर उज्यालियो आशा बनेर आइपुग्यो अब हिँड्छु म मेरो गन्तव्यसम्म उही आशाका साथ उही उमंगाका साथ । बास बसेका चराचुरुंगीलाई म बिथोल्दिनँ मसँगै हिँडिरहेको मेरो छायाँलाई अलग कहिल्यै गदिॅनँ निरन्तर मैसँग हिँड्ने मेरो छायाँलाई म स्नेहले सुम्सुम्याउँछु मोडहरुमा म पखिॅन्छु उसलाई घना जंगलले छेकेको हो उज्यालोलाई अलि अघि बढ्ने बित्तिकै जूनको उज्यालो फेरि भेटिन्छ भनेर सम्झाउँछु म उसलाई । अंगालोभरि जून बोकेर म उज्यालोकै गीत गाउँछु जूनले नुहाउँछु जूनकै उज्यालोमा रमाउँछु हेर हेर त मसँगै मेरो छायाँ पनि नाचिरहेछ । यात्रामा भोक नि लाग्छ पक्कै थकान नि लाग्छ तर मलाई थाहा यो घना जंगल पार गर्नेबित्तिकै उज्थालो घामले मलाई न्यानो अंकमाल गर्ने छ । (तरहरा, सुनसरी)