केही समय पहिला “सम्पदा र विपदा” बालकथा सङ्ग्रह मेरो हातमा प¥यो । त्रिभुवन विश्वविद्यालयका प्रध्यापक डा. तारानिधि भट्टराईले लेख्नुभएको उक्त कथासङ्ग्रहमा उहाँको भुगर्भशास्त्रमा भएको ज्ञान झल्किएको छ । डा. तारानिधि भट्टराई आपूmसँग भएको विज्ञान र भुगर्भशास्त्रको ज्ञानलाई साहित्यका माध्यामबाट बालबालिकाहरूलाई सरल भाषमा बुझाउनु पर्छ भनेर साहित्य लेखनमा लागेका साहित्यकार हुन् ।
“सम्पदा र विपदा” कथासङ्ग्रहमा सातओटा कथाहरू छन् । यी सबै कथाले भुगर्भशास्त्रको बारेमा र प्राकृतिक विपत्तिसँग लड़ने तरिकाको बारेमा प्रशस्त ज्ञान दिन्छ । ‘सम्पदासँग चिनापर्ची’ कथामा एक पाइलटले दुई गरिब केटाकेटीलाई हाम्रो देशका अमुल्य सम्पदासँग चिनापर्ची गराएका छन् । उक्त कथा पढ्दै गर्दा आफैले सम्पूर्ण स्थान अवलोकन गरेको अनुभव हुन्छ । यसरी एउटा कथामा नेपालको भौगोलिक अवस्थालाई सरल भाषामा प्रस्तुत गरिएको छ र यहाँका जिवजन्तु र प्राकृतिक सौन्दर्यलाई झल्काइएको छ ।
‘विपदासँग जम्काभेट’ कथामा विद्यालयबाट शैक्षिक भ्रमण गएका विद्यार्थीहरू बाढीको कारण बाटोमा नै अल्मलिएका छन् । आपत्तिको अवस्थामा पनि विद्यार्थीहरूले धैर्यतापूर्वक आपूmले आफलाई सम्हालेका छन् । यस कथामा बाढी आउनुको कारण र बाढी आउँदा अपनाउनुपर्ने सावधानीलाई लेखकले निकै सरल ढङ्गमा प्रस्तुत गरेका छन् । साथसाथै हामी कतै पनि यात्रामा जाँदा आपूmसँग लानुपर्ने आवश्यक वस्तुहरू पनि उल्लेख गरिएको छ ।
‘उर्लेको रतुवा’ कथामा पनि बाढी आएको छ । बाढी आएर आफ्नै ज्यान जोखिममा भएको समयमा पनि शारदाले सर्प र बचेराको बारेमा सोचेकी छिन । यस कथामा बाढ़ी आउँदा कसरी संयमित हुनुपर्छ, बाढी रोकिएपछि के गर्नुपर्छ भन्ने देखाउँदै बाढीबाट बच्नको लागि अपनाउनु पर्ने पूर्वसावधानी छर्लङ्ग पारिएको छ । यस कथाले जस्तो परिस्थितिमा पनि सन्तोष लिनुपर्छ भन्ने देखाएको छ ।
‘एक्ले पिपलको पहिरो’ कथामा पहिरो आउनुभन्दा अगाडि देखिने केही परिवर्तनहरू निकै चाखलाग्दो रुपमा प्रस्तुत गरिएको छ । साथसाथै पहिरो जानुको कारण र पहिरो आउन नदिने उपायलाई कथामा समेटिएको छ ।
‘चड़खेको उद्धार’ कथामा बहत्तर सालको भुकम्पपछिको अवस्था चित्रण गरिएको छ । भुकम्पको कारणले पढ्न नपाएका र त्रसित बालबालिकाको अवस्थालाई यस कथाले देखाएको छ । पशुप्रति मानिसको प्रेम र लगाव पनि बडो सरल तरिकामा प्रस्तुत गरिएको छ । यस कथामा भूकम्प गएको समयमा कस्ता घरहरूमा बस्न हुन्छ कस्तामा हुदैन र घर बनाउने समयमा के गर्नुपर्छ जस्ता ज्ञानबर्धक कुराहरू छन् । विद्यार्थीहरू आफैले सरसफाइ र विद्यालयको पुनः सञ्चालनको बारेमा कुरा गर्नु निकै सराहनीय छ ।
‘आत्मनिर्भरताको बाटो’ कथामा भुकम्प गएलगत्तै भारतले नेपालमा गरेको नाकाबन्दीको अवस्थालाई हुबहु चित्रण गरिएको छ । साथसाथै पछिल्लो पुस्ताले ल्यएको विकासको कारण लोप भएका हाम्रा पुख्यौली तरीकाहरूको महत्व प्रस्तुत गरिएको छ । पुराना पुस्ताले आफुसँग भएको ज्ञान र सिप नयाँ पुस्तालाई हस्तानतरण गर्ने र नयाँ पुस्ताले यसलाई जोगाउने हो भने हामी पूर्ण रुपमा आत्मनिर्भर हुन सक्छौं भन्ने कुरालाई लेखकले निकै सरल भाषामा उतारेका छन् ।
‘सम्पदाको संरक्षण’ कथामा तिन सहपाठीहरूले पशुपतिनाथलाई देखेको कुराको चित्रण रहेको छ । हामी हाम्रा अमुल्य सम्पदाको गुणगान त गाउँछौं तर भुकम्पपछि जिर्ण भएका ती धरोहरको पुननिर्माण हामी आफैले नगर्ने हो भने कति बेला अरुको भैसक्छ हामीले पत्तो नै पाउनेछैनाँै । यति गम्भिर कुरा पनि बालबालिकाको सामान्य कुराकानीबाट छर्लङ्ग पारिएको छ ।
सातैवटा कथाहरू अत्यन्तै ज्ञानबर्द्धक छन् । आम जीवनमा घटेका घटनाहरूलाई निकै सरल ढङ्गमा प्रस्तुत गरिएको छ र देशको भौगोलिक अवस्थालाई सरल रुपमा छर्लङ्ग पारिएको छ । त्यसैले यो कथा कृति बालबालिकाहरूलाई पढाउनै पर्ने पुस्तक हो भन्ने लाग्छ मलाई । बालबालिकाहरू ज्ञानका कुराहरू मात्र गदैनन् कतिपय अबोध प्रश्नहरू पनि गर्दछन् । यी कथाहरूमा मूल पात्र रहेका बालबालिकाले गम्भिर कुरा मात्रै नगरेर आम जीवनमा बालबालिकाले गर्ने केही अबोध प्रश्न पनि गराइदिएको भए कथा झन रोचक हुने थियो ।