आमा ! आफैमा एक पबित्र शब्द जो शब्दमै एक माया झल्किन्छ अनि ममता र सद्भाव झल्किन्छ त्यसैले त मेरो भोक तिमी मेरो प्यास तिमी मेरो जिउने साहारा तिमी मेरो साहस तिमी मेरो मान तिमी मेरो सान तिमी र मेरो सबथोक तिमी! म सधै एउटै गल्ती गरिरहेछु भगवान त तिमी रहेछौ Read more
म कहिलेकाहीँ सूर्य बन्न खोज्छु सारा संसारलाई एक समान उज्यालो प्रकाश छर्न । म बादल बन्न खोज्छु वर्षाद गराई सबैको प्यास मेटाउन म जुन बन्न खोज्छु रात्रिकालीन अँध्यारो चिर्न। म मानिसको मनमा बस्न खोज्छु तिनीहरुको कलुषित मनलाई सफा पार्न । यसरी म म भित्रै हराँउछु अरुका लागि मात्र अरुका लागि Read more
मेरो मृत्यु उत्सव मनाएर श्रद्धाञ्जलीको फ्रेम बोकी चहर्याइरहेको घाउमा नुन छर्न , छट्पटाइ रहेको आफ्नाहरुको अर्धमृत शरीरमा निर्ममतापुर्वक तिर हान्न, रोदनका चिच्याहटहरुलाई मजाक बनाउन, सान्त्वना नामको आदर्श बोकी मेरो बस्तीहरुमा आउने अधिकार थिएन तिमीलाई । हिजो पनि तिमी नै आउँथ्यौ छेपारोझैँ रङ्ग फेरेर मेरो मायाको चिहान बनाउन, हरेक बहानामा तड्पाई Read more
झिल्को हो यो चोटैचोटबाट ठोक्किएर निस्केको झिल्को असमानता र अत्याचारको घर्षणबाट उछिट्टिएको झिल्को निर्जीव ढुंगाा ढुंगा ठोक्किएर बलेको झिल्को होइन त्यसले त केवल डढाउँदो रहेछ सुकेका झार र सुकेका पातहरु जो निभ्न सक्छ पानीले बर्सातको झरीले । यो त चोटैचोटबाट निस्केको झिल्को हो निभाउन सक्दो रहेनछ यसलाई हुरी, बतास र Read more
कविता लेख्न बसेको छु तर कविता विद्रोह गर्छ मसँग भन्छ- म कविता होइन चेपाङ बन्छु, मुसहर बन्छु पोडे बन्छु, ज्यामी बन्छु बन्छु एसिड छरिएकी युवती जो जो छन् किनारामा उत्पीडनको कहालीलाग्दो कारागारमा जो जो बन्द छन् सदियौंदेखि जोसँग आँखाका डिलहरुबाट बगेर नसकिने दुखहरू छन् दुखहरूभित्र वर्षौंदेखि बगिरहेका तर बाहिर विस्फोट Read more
"म अब विचारधारादेखि अघाएको र थाकिसकेको छु ! एउटा कविलाई खासमा विचारधारा नै किन चाहियो र मानवताका लागि अलिकति चिन्ता,अलिकति करुणा, अलिलति सौन्दर्य-पिपासा, केही चराचुरुङ्गी, केही रङ्ग, केही नारीहरू, केही स्मृतिहरू, केही सपना केही अमरत्वको चाहना ... र खासमा कविलाई बाँच्न र कविता लेखिरहनको लागि अरु के नै पो चाहिन्छ Read more
घुन र मान्छे फरक जिव हुन् तर केहि मान्छेहरू को नियति घुनको जस्तै देखिन्छ । घुनहरु कहिले जातोमा पिसिनुपर्छ कहिले हाडिमा भुटिनुपर्छ कहिले माटोमा गाडिनुपर्छ ठिक उस्तै उस्तै केही मान्छेहरु शासकबाट पिसिन्छन सत्ताबाट भुटिन्छन धर्ती पुत्र भएरै माटोमा गाडिन्छन। कास घुन मान्छे भैदिएको भए मान्छे घुन भैदिएको भए न पिसिनि, Read more
मलाई त हुनु छैन "म" मेरो मात्रै म त सबैको हुन चाहन्छु । पहाडको भित्तामा अडेस लागेको झुपडिभित्र आफ्नै उमेरको पहाडले थिचिएका बृद्व बुवाआमाको हातमा थमाउनु छ - दमको औषधी पुराउनु छ बाटो र एम्बुलेन्स । धनप्रसादका छोराछोरी विद्यालय पुग्ने बाटोमा उभिएको गरिवीको पर्खाललाई भत्काउनु छ कर्म र जिन्दगी पढाउने Read more
दुर्घटनाले मात्र यात्रा कहाँ रोकिदोरहेछ र राजमार्ग अबरुद्ध भएपछि विकल्पमा, रोजेको हुँ मैले गल्लिको बाटो । छिचोल्न जीवनको पथ आकासको जूनकै भरोसा लाग्छ जुनकीरीकै धिपधिपे देखेर हौसला बढ्छ यहाँभन्दा ठुलो म कुन साहस गरुँ ! पहिरो गएको भाग्यको भूगोलमा गुराँस बनेर रङ्ग्याउँन सम्भव देखिनँ, र त केतुकी बनेरै फुलेको हुँ Read more
म परिवर्तन चहन्छु म आफैमा बद्लाव चहन्छु देखाउन चहन्छु दुनियाँलाई सुनाउन चहन्छु उसलाई कि ऊ मेरो लागि कति ठूलो छ । म ऊ भित्र समाहित छु । तर जब जब म हृदय खोली भन्छु म तेरै सहारामा छु चोर औंलाले म आफैले आफैलाई देखाउँछु यी हेर यही हो म कुनै Read more