ईश्वरले मेट्दा पनि मेटिएनन् कसैगरी मैले पानीमा कोरेका रेखाहरू । त्यो बेलादेखि नै को पहिला आकाश टेकेर उभिने भनेर प्रतिष्पर्धा चलिरहेथ्यो ईश्वरसँग मेरो र, मेरो ईश्वरसँग । त्यसको केही समयपछि जब विश्वासको आगोमा सल्केर विश्वास आफैं जल्यो र खरानी भो क्षणभरमै त्यतिखेरै ईश्वरको शक्ति नाश भएर गयो त्यतिखेरै ईश्वरको शरीर Read more
सोची बस्छु आँसु खस्नुको पनि कारण हुन्छ खुसी हुनुको पनि कारण हुन्छ । तर कस्ले सम्झाई देला ती आमालाई परदेशमा छोरा बेपत्ता भएको कारण आमा यत्ति बुझ्छिन् मैले पर्खिनुको कारण छोरा हो । कस्ले सम्झाइदेला ती चेलीलाई उसको अस्मिता लुटिएको कारण ऊ यत्ति ठम्याउन सक्छिन् सायद म रित्तिनुको कारण छोरी Read more
गोधुली साझमा, तेजिलो मुस्कान छर्छन हिमालहरु स्वथ्य हावा सुसेल्दै हरियाली ओढ्छन् पहाडहरु हिमाल र पहाडको फेदीमा राजनीति गर्छन् काठमाडौंहरु । प्राकृतिक छटा धुमिल पारेर अघोषित यो रजनीति ? गजब छ बा ! मागी खानटा भाँडो भाछ केन्द्रिय मेव मेवले गर्ने दाइ कसै कसैको पेवाजस्तो बेथितिहरु पालेर आसेपासे भिराभुरिहरु जमाएर च्याखे Read more
पढ्न जाँदा सधैँ असफलताका लड्डु हात पर्ने जागिर खाऊँ आयोगमा सधैँ खप्परमा ठोक्नु पर्ने सानो छँदा खैनी, चुरोट, गाँजा, रक्सी के के हुन् के के झाम्टे र मुन्द्रे भई गुण्डागर्दीको नाइकेमा बिके अहिले जीवनको मूलबाटो नखोजी भा‘कै छैन सांसद नभई यो समयमा नहुने रै‘छ चैन । त्यसैले ए हजुर ! Read more
कहिले उडाउला समयको हावाले ? यो रित्तो प्राणको अस्तित्व चकनाचुर छु आफ्नै सपनाहरूबाट । आँधी ल्याएर दौडिन्छ मस्तिष्कको ढाडै-ढाडमाथि श्रीङ्खलाबद्ध भविष्यका योजनाहरू आँखाको डिल भत्काएर भागिदिन्छ एकान्त र,शून्य हुन्छु समयको मझेरीमा । मरेतुल्य बनाउँछ ढाडस देखाएर मेरो छेवैछेउ कुद्ने यो हावा मरणासन्न यी जिजीविषा अलौकिक भएर उभिदिन्छ समयको संघार Read more
सुरक्षित, न्यानो गर्भभित्रै आमाले रोपेको विश्वासको बीऊ उम्रिएको हो आशाको बाली बनेर.....। सन्तानको कोल्टे भविष्यलाई समान आधार दिन दिनचर्यामा आँधीहुरी, भलपैह्रो खपिन् आमाले । बलात्कृत इच्छाहरुलाई पुन: अङ्कुरित बनाउऩ जीवन-बीमा गरेकी हुन् आमाले लगन, परिश्रम लगानी गरेर । यो लम्बित बीमाको मेच्योरिटी पर्खिदै मैले पनि निवेश गरिरहेछु प्रयास, आँट र Read more
फगत लिलाम छ न्यायलय खिया लागेको तराजुमा न्याय बिक्रि गर्दै छ त्यो पनि कौंडिको भाउँमा । कमसल चेत् उच्चतम महत्वाकांक्षा यो धमिलो जिन्दगी मलाई स्वीकार छैन श्रीमान् ! फेरि सुन्नुस श्रीमान ! म निर्दोष छु ! बाच्नकै लागि मार्नु पर्छ सुनेको थें कागजी नोटहरूकै लागि न्यायको दुकान खोल्नु पर्छ सुनेको Read more
एउटा फराकिलो सडक होस् गाउँको सानो सानो कुइनेटोहरू , अथवा गोरेटोहरू ऊ मौन हुन्छ जहिले पनि तर ऊ कसैको समाधि होइन बस् ...ऊ कहिले प्रश्न गर्दैन ऊ कहिले गुनासो गर्दैन । ऊ जहिले पनि एउटा गन्तव्य बनिदिएको हुन्छ एउटा नयाँ सोचको एउटा सफलताको एउटा चेतावनीको एउटा सपनाको एउटा विश्वासको एउटा Read more
उनीहरू विद्यालय बनाउँछन् तर पढन जाँदैनन् । अस्पताल बनाउँछन् उपचार गर्न जाँदैनन् । पालैपालो सबैका लागि मरिदिन्छन् आफ्नो भाग खोज्दैनन् । वर्षौंदेखि पटक पटकका क्रान्ति पटक पटकका बिद्रोह पटक पटकका परिवर्तन उनीहरूकै लागि भनेर अरुहरूकै लागि भएका छन् । सबैका जन्ती सबैका मलामी उनीहरूलाई नबदल्नुहोस् उस्तै राख्नुहोस् उनीहरू नभए कसले Read more
म तिम्रो सालिक बनाउने छु तिम्रो शरीर तिम्रो छालाजस्तै गहुँभन्दा गोरो बनाइदिनेछु, शिरमा मुकुट भालेको सिउरबाट बनाइदिनेछु एक हातमा मनुस्मृतिको बढेमानको किताब राख्दिम्ला काधमा तिम्ले सदियौँदेखि बाँधेको कुरितीको डोरी नि सजाइदिम्ला मुटु ? जिउँदो हुँदा नभएको मुटु सालिकभित्र कसरी कल्पना गर्न सक्नु ? बरु आँखा बनाइदिम्ला आँखामा मज्जाले अट्ने सनग्लास Read more