फगत
लिलाम छ न्यायलय
खिया लागेको तराजुमा
न्याय
बिक्रि गर्दै छ
त्यो पनि कौंडिको भाउँमा ।
कमसल चेत्
उच्चतम महत्वाकांक्षा
यो धमिलो जिन्दगी
मलाई स्वीकार छैन श्रीमान् !
फेरि सुन्नुस श्रीमान !
म निर्दोष छु !
बाच्नकै लागि मार्नु पर्छ सुनेको थें
कागजी नोटहरूकै लागि
न्यायको दुकान खोल्नु पर्छ सुनेको थें
भो पर्दैन अब
मलाई न्यायको तराँजुमा नराख्नु श्रीमान!
म नि-शर्त म सुली चड्न तयार छु
किनकि
न्याँय मूर्तिको आखा बन्द छ!
स्खलित मान्छेको चेतना
पिलो निचोर्दाको रगतजस्तै
रत्नपार्कको भित्तामा टाँसेको पर्चाजस्तै
टुडिखेलमा जादुगरले टांगेको त्रिपालजस्तै
म देखिरहेको छु
घरिघरि हल्लिरहन्छ
सुन्धारा आडैको धरहरा
घरिघरि भत्त्किरहन्छ
सहिदगेटको सालिक ।
अनि
म कसरी बिश्वास गरुँ समयको
हाँट बजार लागेको छ जिन्दगीको
मोफतमा मिल्ने त सजयाँ रहेछ
मोफतमा कहाँ मिल्छ र
आशीर्वाद न्यायको ?
(तनहुँ)