मेरो एउटा साथी छ सयमा उनान्सय जाती छ मात्र एउटै गुण नजाती छ पाइलैपिच्छे खुट्टा तान्छ काँधमा चढी पिँठ्युमा हान्छ । भेट हुँदा लरक्कै पार्छ पछाडि परे कुरै काट्छ आफ्नो भविष्य खोज्नभन्दा धेरै षड्यन्त्रको चक्रव्यूह रच्दछ मेरै । आफ्नै बुद्धि र विवेकले काम गरौँ घमण्डी भन्छ अलिकति ठाउँ दियो टाउको Read more
पट्याउँदै रहरहरु मनभरि सँगै आँशु बोकेको ओसिलो पछेउरी लिएर साने ! तेरै बग्रेल्ती सम्झनाहरुमा वृद्धा आश्रमको छिँडी, पिँडी र बलेसीहरुमा रुँदै म जिउँदै रहेको भ्रमजस्तै अर्धमूर्छित बाँचिरहेछु । हिजोको मेरो कर्तव्यभन्दा धेरै आज जस्को परिणाम खोजे होला मैले क्रिडाका शुक्रविजहरु पत्थरमा छरेजस्तै अर्थहीन सोचेर तेरो जीवनको प्रारम्भ क्रिडाका रोमान्सबाट सुरु Read more
हेर ! हजारौँ वर्षदेखि दबेका-लाभाहरु बहिष्कृत-जाति-भाषाहरु शोषित-श्रम-पौरखहरु एकताबद्ध विस्फोटित-आन्दोलित छन । चराहरुको मुक्ति-गितले पिंजडा कामिरहेको छ सामाजिक गति-चेतनाले मनु-स्मृतिको जरा हल्लिएको छ । हेर ! सुन्दर-ज्वालामुखी उम्लिरहेको छ । परन्तु ऊ अझै चकमन्न छ जसरी, मुर्दा-निष्प्राण छ जसरी, आँधी-पूर्व प्रकृति मौन देखिन्छ । पक्का, मुक्तिको आँधी आउँदैछ । (ओखलढुङ्गा) Read more
सलाम छ तिम्रो स्वतन्त्रताको सोचलाई ! दासत्व मुक्तिका लागि जीवनभर मस्तिष्क खियायौ कैयौँपटक कोठरीमा थुनियौ कैयौँपटक प्रतिबन्धका झिरहरू रोपिए फेरि पनि तिमीले उन्मुक्तिको बुलन्द गीत गाइरह्यौ ! विचारको कुलेसो डो¥याएर जब तिमी बस्तीमा बग्यौ तब एकाएक उठे हातमा कुटो र गैँती बोकेर हजारौँ हजार निर्धा मान्छेहरू तिनै मान्छेहरूको बलिदानमा टेकेर Read more
सबैको नजरमा आउने सहयोगमा अति सहयोगी धुलाइमा मात्र होइन उपयोगमा अति उपयोगी सबैमा प्रिय म त केबल झुम्रो साथी अपार आनन्द दिने । सक्छु म पार्टीका झन्डामा सजिन गाडीको टलकमा उन्मात्त हुन महलका कुनाकाप्चामा लरबराउन म त केबल झुम्रो साथी अपार आनन्द दिने । कहिले पार्टीले भन्डा बनाउँछ कहिले मालिकले Read more
सोच्नुहोस् त त्यो दोबाटोमा रहेको चट्टानसरी छ नारीको जिन्दगी कोही समीप आउँछन् मायाले हेर्छन् स्नेहभाव पोख्छन् छताछुल्ल हुने गरी कोही भिज्छन् सिमसिमे पानीमा भिजेजस्तै कोही डुब्छन् सागरको गहिराइसम्म कोही उत्रिन्छन् नदीमा मृत शरीर उत्रेसरी कतिले गहिरिएर हेर्छन् धेरै परपरसम्म सोच्छन् अनि कोर्न थाल्छन् आफ्नो जिन्दगीको योजना । कोही टपक्क टिप्न Read more