कोही कोही किन यति प्यारा लाग्छन् टाढै हुन्छन् र पनि सहारा लाग्छन् । चेतनाको दियो बाली उज्यालिएका , मशाल बोक्ने हरगाउँ खारा लाग्छन् । दीन दुःखीका पीडा गीत बन्छन् जब तिनै गीत सामन्तलाई नारा लाग्छन् । पुग्छ जसै तयारी अन्तिम धक्काको तिनै पर्खाल मक्किएका गारा लाग्छन् । (कर्मैया, सर्लाही) Read more
कैले छुन्छ सुस्तरी, कैले बेसरी किन हावा मलाई छुन्छ यसरी ? मार्छ आई साउती जान्छ फर्केर झर्को मानी बसे नि हुन्न तर्केर उडाउँछझैँ गर्छ मेरो पछ्यौरी किन हावा मलाई छुन्छ यसरी ? हात छैन समाई राखौँ भने नि रोक्ने हो र कसरी घाम बने नि देखिँदैन आँखाले छोपुँ कसरी किन Read more
समाचारदाता विश्व बा दिवसको अवसर पारेर अनेसासले शनिवार ‘कवितामा – बा’ कार्यक्रमको आयोजना गरेको छ । अनेसास अनलाइन संवादको ५७ औँ श्रृङ्खलालाई यो स्वरुपमा प्रस्तुत गरिएको हो । कार्यक्रममा विश्वभरका चारदर्जन सर्जकले सिर्जना वाचन गरेका छन् । अनेसास बोर्ड परिषद सभापति गीता खत्रीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा मोहन सिटौला, Read more
किसान स्केच - एक जब गाउँमा अनिकाल पस्छ ठिक त्यो बेला कि त दिल्लीले खान्छ कि त चेन्नईले खान्छ गाउँको रणमायाहरुको अर्ग्यानिक सपना किन खान्छ ? सत्ता मौन छ । किसान स्केच- दुई आमाले जीवनको दुइ एपिसोड यै खेत खनेर बिताइन् जहाँ अहिले निर्माण भएको छ सयदिने रोजगारको आधा कल्चो Read more
आएको हुँ यहाँ आफु रित्तिएर, तिम्रो त सबथोक छ फर्क देश घरबार सम्झिएर, तिम्रो त सबथोक छ । जब देशमा बलात्कार मौलायो, कानुनले छोरी मार्यो आमा मरेकी हुन् झन तड्पिएर, तिम्रो त सबथोक छ । आकाशमा उडेको पंक्षी हेर्दै, यही सोच्दो हो मेरो मन बन्दी भए कुवाभित्र जन्मिएर, तिम्रो त Read more
छातीभरि राष्ट्रिय गीत र आँखाभरि सुदूर सपना बोकेर सबैले छोडी हिँडेपछि टिठलाग्दो भएको छ मेरो देश आफ्ना आशालाग्दा तन्नेरी सन्तानको बिछोडमा माया गर्ने छोराछोरीको अभावमा एक्लिएका बेसहारा वृद्द–वृद्दा जसरी दुख्छन् त्यागिएर पैसाको बोट खोज्दै बाहिर निस्केपछि देश त मुगलानमा पो दुख्दोरहेछ बेस्मारी भबितब्यले गुँड छोडेर बसाईँ सर्न वाध्य निर्वासित चराहरुको Read more
छैन केही खाने पनि, खानी पनि छैन भुइँमान्छेको अस्तित्व कहानी पनि छैन । केही नभए पनि केही त छ भन्ने हुन्थ्यो आफ्नो त अगेनोमा खरानी पनि छैन । पानी खुवाए पनि अघाउथे नानीहरु रित्तो छ गाग्रो, आखामा पानी पनि छैन । कनिका माग्दा चामल दिएथे जस्लाई आज अभावमा कुराकानी पनि Read more
३ असार , काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले आ.व. २०७८/०७९ मा विभागद्वारा सम्पादन गरिने वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । विभागका प्रमुख प्राज्ञ अशोककुमार राईले आ.व. २०७८/०७९ मा आफूले नेतृत्व गरेको सङ्गीत विभागबाट चारओटा विशेष महत्वका कार्यक्रमहरू सम्पन्न गर्ने लक्ष्य लिइएको बताए । प्राज्ञ राईका अनुसार Read more





