आएको हुँ यहाँ आफु रित्तिएर, तिम्रो त सबथोक छ फर्क देश घरबार सम्झिएर, तिम्रो त सबथोक छ । जब देशमा बलात्कार मौलायो, कानुनले छोरी मार्यो आमा मरेकी हुन् झन तड्पिएर, तिम्रो त सबथोक छ । आकाशमा उडेको पंक्षी हेर्दै, यही सोच्दो हो मेरो मन बन्दी भए कुवाभित्र जन्मिएर, तिम्रो त सबथोक छ । एउटा नेपाली तिमी भइदियौं, अर्को नेपाली म थिएँ फरक भइयो सिमा कोरिदिएर, तिम्रो त सबथोक छ । बाच्नु दुनियाँमा शिर उठाएर, बैरीको शिर झरोस् नबाच्नु देशसँग अलगिएर, तिम्रो त सबथोक छ । (अल्बेरी, अष्ट्रेलिया)