बेहुली घरमाहुली सकेपछि मन नलागी नलागी परदेशिएको बर बेखबर भएको पनि वर्षाैं भयो एक पेट भात खान प्रभातमै निस्किएका जवानहरु अहिलेसम्म फर्किएका छैनन् यो समाजमाझ र अझै पनि मलामको लामजस्तै निशव्द उभिइरहेछन् मनमा जीवनभरिको सपना अनि हातमा पासपोर्ट बोकेर एयरपोर्टमा देश छोड्नै लागेका युवाहरु । कदम कदममा दम बढेपछि आँगनको Read more
ए गाउँ आज गाउँका सबै गाउँलेलाई सोधी दे मैले गाउँ विकाशको निम्ति पोनी रोडलाई मोटर गुड्ने बाटो बनाउन आपति छैन पत्रमा हस्ताक्षर गरी माग्दै हात जोड्दा खित्का छोडी खिसिका उन्मुक्त हाँसो हास्नेहरुलाई अहिले घर–घर सम्म मोटर पुग्दा खुशी छ छैन भनेर । ए गाउँ आज गाउँका सबै गाउँलेलाई सोधी दे Read more
समाचारदाता, बोस्टन, अमेरिका वरिष्ट पत्रकार हरिहर विरहीलाई बोस्टनमा सम्मान गर्दै रात्रीभोजको आयोजना गरिएको छ । राज-मित्र स्मृति प्रज्ञाप्रतिष्ठानले विरहीको सम्मान कार्यक्रमको आयोजना गरेको हो । प्रतिष्ठानका संरक्षक सुशील नेपालले विरही र उहाँको धर्मपत्नी ज्ञानु आचार्यलाई सम्मानित गरेका हुन् । बोस्टनमा बसेर साहित्य सिर्जना गर्ने सर्जकलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको Read more
कविता पढ्दै हुनुहुन्छ एक्लै बसेर त्यसैले तपाईं मेरा प्रिय पाठक अर्थ खोतल्ने तिर पटक्कै नजानुहोस् अर्थले ध्वस्त पार्दछ कविताको निर्माण । किनकि कविताले छेक्न सक्दैन भूँडीको हाहाकार सुकेका पातहरूमा पानीका थोपाहरू उमार्न सक्दैन काँढा भित्रको गुलाबको छवि कुनै विधवाको रित्तो सिउँदोमा सिउरेर । मेरा अनुरागी पाठकहरु कविता पढेर तपाई मक्ख Read more
परदेश लाग्नु पनि युद्दको मैदानमा जानु जत्तिक्कै रहेछ कष्टकर फरक यत्ति हो युद्दमा हातहतियार,गोलीगट्ठा,खरखजना र सहयोद्दाहरुको साथ हुन्छ परदेशमा खाली आफ्नो कर्म,भाग्य,हातपाखुरा र भगवानको भर हुन्छ तर यी दुवै रहर नभएर कहर रहेछन् परदेश र युद्द । परदेशीहरु घर छोडेपछि परदेशी हुन्छन् घरदेशले परदेश जान बाध्य बनाएपछि परदेशी हुन्छन् परदेशिनु Read more
लिलिथको कोखबाट जन्मिने तिमी, म तिम्रो कोखाबाट कसरी बनेँ, तिम्रो सत्ताको पैतालाहरूले ढाकिएको मेरो इतिहास हेर, म त्यहीं छु, ठीक माथि, जहाँबाट तिमी होंचिएको छौ, आफ्नै हीनताले, जसरी होंचिएका थिए राम, सीता धरतीमा खस्दा जसरी होंचिएका थिए पाण्डव द्रौपदीको खुल्ला चुल्ठो हाँस्दा, जसरी होंचिएका थिए विष्णु वृन्दाको सतीत्व छुँदा, र Read more





