मैले थाहा पाएर मनाएको दशैँ कहिले थियो, त्यो त म भन्न सक्दिनँ तर पनि दशैँ मनाउँने गरेको धेरै क्षणहरू मेरा मनभित्र चल्ने चित्रजस्तै गरी आइरहन्छन् । बुवाको फोटो एल्बममा एउटा श्यामश्वेत तस्वीर छ । त्यसमा कानमा जमरा घुसारेर बुवाले म र भाइ आश्विनलाई आफ्नो अगाडिपट्टि दुबैजनाको कुममा हात Read more
उ बेला जमाना नै अर्को थियो, हात्तीछाप चप्पलमा ती नेता गाउँ आउथे, भूमिगत शैलीमा पर्चा छरेर जनता जनार्दनलाई सचेतना फैलाउँथे । क्रान्ति र भ्रान्तिको अनेकन कथाले गाउँलेको रगत उमालेर आजै देश र जनताको मुक्तिको लागि मुठ्ठी कसेर अगाडि बढौँ भनेको अझै याद छ । कुनै बेला ती नेता निकै भलाद्मी Read more
सानै थिएँ, कति वर्षको थिएँ अहिले सम्झन सक्दिनँ । आङमा गतिलो लुगा र खुट्टामा जुत्ता–चप्पल थिएनन् । स्कूल जान्थेँ तर पढ्नभन्दा खेल्न मन पराउँथेँ । बुवा–आमा खेत बारीमा काम गर्न जानुहुन्थ्यो । जेठो छोरो भएको हुनाले घरको हेरचाह र भाइबहिनीहरूको धरालो गर्नु पथ्र्यो । धेरै समय घरधन्दामै बित्थ्यो । भर्खर Read more
‘आज दिनभर मोनोरेल, रेल, स्काइ बस र पैदल यात्रा हुने छ ।’ टोकियो स्टेशनबाट बाहिरिदै गर्दा जापान निवासी गजलकार गिरिजा गैरेले सुनाए । प्रा. रामकुमार पाँडे र मलाई धितमरुञ्जेल टोकियो घुमाउने उनले योजना बनाएका रहेछन् । जापान सपनाको देश हो । रहश्यमयी भूमि हो । त्यस देशमा रहेको संसारको सबैभन्दा Read more
लिमी अनकण्टार भूगोलको काप कापमा च्यापिएको मानवता भग्न नग्न परिवेश छ भूगोलको पत्रदल र पुकेशरमा फुलेको छ हिउँ ! लिमीको शाब्दिक अर्थ दोभानको गाउँ भए पनि कालान्तरमा आएर यो शब्द आञ्चलिकता जनाउने शब्द बन्यो । हाल लिमीमा तीन गाउँहरू जस्तैः जाङ, हल्जी र तील रहेका छन् । यहाँका Read more
“माथिबाट बग्दै आइगो, कालो र कागत, बर्तन लागोई मर्नेई काल, नलागोई बाफत ।” पूर्णीमा परियार जस्ता गलीबाट ओइरिने यस्ता लोकभाका सबैका कानमा घुस्दा हुन त सभ्य समाज बन्न आइतबार लाग्दैन्थ्यो होला । साढे सात घण्टासम्म त्रिवेणीको गीत, संगीत र साहित्यिक खुराकले डकार्दै भाइरिँदा दिउँसोलाई रातीले धकेलिसकिछिन् । सबै प्राण्ीहरू आ–आफ्नो Read more
बिहान केहीबेरमा घुम्टेको डाँडा हिउँको सप्को ओढेर ढाकियो । हावाको चिसो स्पर्शसँगै क्षितिज खुलेको छ परपरसम्म । अनन्त क्षितिजसम्म त होइन तर पाखापखेरामा हिउँ फुल्नु कम रोचक छैन । वातावरण चिसो तर निकै मोहक छ । हिउँको वर्षा गुराँसका पातमा फुरुरु झर्दा सुनिने त्यो साङ्गीतिक आवाज, बुट्यानहरूमा गुन्जिरहने कर्णप्रिय स्वर Read more
समय गतिशील छ, जीवन मरणशील छ । तर जीवनमा संघर्ष पनि छ । कडा चट्टानहरू फोड्दै बाटो बनाउँदै हिँड्ने एउटा गार्होछ प्रक्रिया जस्तै । यही कठिन र जटिल प्रक्रियाबाट गुज्रनु नै जिन्दगीको कर्म रहेछ । यसरी जिन्दगीलाई संघर्षको बीचबाट गुजार्नु रमाइलो पनि रहेछ । कसैको पनि जिन्दगी सरल रेखामा नबगेर Read more
“तपाइको लेखनमा तीन शब्द ज्यादै दोहरिएर आउन थाले लेखक ज्यू अलि ‘ट्रयाक चेन्ज’ गर्नुप¥यो । कविता, कथा, विन्ध लगायत सबैजसो रचनाहरूमा यी तीन शब्द कतैन कतै कुनै न कुनै रूपमा समावेश भएकै भेटिन्छन–‘पूmल’, ‘रातो’ र ‘सपना’ । कविताहरूमा झनै धेरै दोहरिएका छन । यसरी रचनै पिच्छे उही शब्द दोहरिनु उचित Read more
कविता लेख्न थालेको तीन दशकको अवधिमा मैले अधिक सामना गरेको प्रश्न हो– कविता किन, कसरी र केका लागि लेख्नुहुन्छ ? अझ यसरी पनि सोधिन्छ– कसरी आकर्षित हुनुभयो लेखनमा ? मलाई लाग्छ, मान्छेका अप्राप्य अभिरुचि, जीवनका घात अभिघात र समाजको प्रतिच्छया हो कला । सजीव कल्पना, अव्यक्त चाहना र कुण्ठित Read more