“तपाइको लेखनमा तीन शब्द ज्यादै दोहरिएर आउन थाले लेखक ज्यू अलि ‘ट्रयाक चेन्ज’ गर्नुप¥यो । कविता, कथा, विन्ध लगायत सबैजसो रचनाहरूमा यी तीन शब्द कतैन कतै कुनै न कुनै रूपमा समावेश भएकै भेटिन्छन–‘पूmल’, ‘रातो’ र ‘सपना’ । कविताहरूमा झनै धेरै दोहरिएका छन । यसरी रचनै पिच्छे उही शब्द दोहरिनु उचित ठहरिदैन है !” सायद मन् भित्र ठूलै साहस जम्मा गरेर आज पहिलो पटक ‘विवेक सर’ ले मेरो लेखनको ‘कमजोर पक्ष’ औल्याए । विगत दश वर्षदेखिको सँगतका दौरान मेरा अधिकाँश लेख रचना पढेका विवेक सरले कहिल्यै मेरो लेखनको कमजोरी वा त्रुटी औँल्याएनन्, सायद चाहेनन् कि चाहेर पनि सकेनन् ? पुरा रचना पढी नसिध्याउँदै ‘वा !’ ‘क्या गजव !’ जस्ता शब्द ठाडै ओकेलेर पन्छिन्थे । तर उनको यो तारिफको अन्तरमा केही रहष्य लुकेको महसुस गर्थे म, जुन आज देखियो ।
अचेल विवेक सर लेखकीय बृत्तमा शसक्त समालोचकका रूपमा उदाइरहेछन् । चार वर्ष भयो उनले विश्वविद्यालय स्तरमा प्राध्यपन गर्न थालेको । अध्ययनको विषय फरक भएपनि स्नातक तहसम्म हामी एउटै ‘ब्याच’ का विद्यार्थी थियौ । उनले मानविकी अन्तर्गत अंग्रजी साहित्यमा र मैले विज्ञान अन्तर्गत भौतिकशास्त्र मा विश्वविद्यालयको स्नातक उत्तिर्णको प्रमाण पत्र लिएका हौँ । विश्वविद्यालयका तथ्याङ्क÷मानकमा म उनीभन्दा अगाडी थिए । तर ‘सेलिब्रेटी लेखक’ बन्ने महत्वाकांक्षा बोकेर त्यसपछिका दुइ बर्ष मैले ‘समाज लेखेर’ सञ्चार गृह र प्रकाशन गृह चहारे । विवेक सर ‘डिग्री पास’ गरेर विश्वविद्यालयको प्रध्यापक बन्ने सपना साकार पार्न तिर लागे । प्रकाशन गृह र सञ्चार गृहका शुत्रमा ‘म्याच’ नभएर पुःन विश्वविद्यालय भर्ना भएको मैले‘डिग्री पास’ गर्दासम्म विवेकसरले प्रध्यापनमा राम्रो ‘इमेज’ बनाइसकेका थिए । साँच्चै, विवेक सर कविता पढेर माथि उक्लिए भने म कविता लेखेर पछि परे । अहिले तिनै विवेक सर म र म जस्तै लेखकका कविता को ‘हाइट–वेट’ नापेर समालोचकमा दरिएका छन ।
विवेक सरले लगातार दश वर्षसम्म ‘तारिफ’ बोलीरहदा मैले कुनै चासो देखाएन तर आज मात्र ‘एक मिनेट’ को टिप्पणीले उद्देलित भइरहेछु । मनमा मन्द वहेली चलीरहेछ । हुनत विवेकसर लाई यो टिप्पणी गर्न साह्रै सकस परेको हँुदो हो । तर अफ्ठेरो मान्नु पर्दैन विवेक सर ! सत्य यही हो । एउटा विज्ञ समालोचकले सत्य बोल्न हिच्किचाउनु हुँदैन । अझ भन्नु पर्ने धेरै कुरा तपाँले भन्नै छुटाउनुभो । मेरो रचनाहरूमा तपाँइले भनेका तीनशब्द दोहरिएर आएका मात्रै हैनन, मैले लेख्ने अधिकांश विषयवस्तु नै ती शब्द इतर हुन । यीनै कुराहरू लेख्नका लागि म लेखक भएछु, विवेक सर ! तर तपाइले टिप्पणीको अन्तमा राख्नुभएको सुझाव ‘ट्रयाक चेन्ज’ भने जिन्दगीमा सायदै गर्न सकिएला । यी तीन शब्द मेरा लागि शब्द मात्र हैनन्, मेरो लेखनको सौन्दर्य, चिन्तन, दर्शन, लक्ष र सार पनि यिनै हुन विवेक सर । मलाई थाहा छ प्रकाशन गृह, सञ्चार गृह र प्राज्ञिक संयन्त्रका सुत्रहरूमा म्याच नभएका उपकरण पनि यिनै हुन, तर म फेरी पनि त्यही लेखिरहेछु ।
विवेक सर ! यतै कतै शहरको भीडमा मिसिएको छु म पनि । हुन त मेरा अधिकांश लेखोटहरू यही र यीनै शहरका माझमै बसेर तयार गरिएका हुन, तर यीनका प्राणमा यो शहरको वायुको मात्रा नगन्य भेटिन्छ । अझ कतिपय त यो शहर र ‘शहर प्रबिृत्ती’ का विरूद्ध जस्ता लाग्छन । जब म लेख्न बस्छु, शहरका सफा–सेता र अग्ला महलका अघिल्तिर काला पर्दा देख्दछु मैले । त्यस भित्र पनि चिहाउने कोशिस त मैले पनि गर्छु । तर त्यसभित्रका मानिसहरू आफ्नै विलासको सयनकक्षमा रमाइरहेका देख्दछु । तिनका लागि मैले के लेखिदिनु ? तिनको बिलाशमा मलजल थप्नका लागि लेखिनु पर्ने कुनै शब्द हुँदैन मसँग । बरू शहरको चौघेरा बाहिरबाट आएर आफ्नो श्रम, सीप र पसिनाले तिनै महल ठड्याएर शहर बाहिरिएका मजदूरहरूका दैनिकी मेरा आँखामा झल्झली आउँछन । महलका कम्पाउण्डमा बुट्टेदार गमलाहरूमा पूmलाइएका पूmलको सौन्दर्य तीनै महलवरीपरी बनाइएका अग्ला पर्खालहरूले छेकीरहेका हुन्छन । त्यो बेला ग्रामिण परिवशको खुला आकासमुनि हिलो माटोमा घामपानी आँधीहुरी सहेर पनि आफ्नै वल बुताले फुल्न खोजीरहेका थुप्रै सम्भावनाका फूलहरू आउँछन मेरो स्मृतीमा । बडेमाका भारी प्यिठ्यँुमा भिरेर उकाली ओराली का खुड्किला टेक्दै गरेका भरिया खेतैपिच्छै गोरू जोतीरहेका हली, मेलापात गरिरहेका आमा दिदी, गिटी कुटीरहेका मजदूर, खेतला, गोठाला, दाउरे, कमैया, कमलरी, बालमजदूर लगायत यिनै शहरका गल्लीहरूमा रिक्सा तानीरहेका रिक्सावाल लगायत अभावको जाँतोमा पौरख पिसिरहेका सबै सबैका भोगाइहरू फन्फनी घुम्छन मानसपटलमा । अनि म गाँउ लेख्छु । यी सबैमा फूल्न खोजीरहेका फूलहरू देख्छु । र फूल लेख्छु ।
म फूल धेरै लेख्छु यसकारण । जीवनभरको कमाइले मानिसहरू सुन्दर घर बनाउँछन र अन्तमा आँगन कौशीमा रंगीबिरङ्गी फूल रोप्छन, तव न घर पूर्ण देखिन्छ, फूल नफुल्दासम्म मान्छेको हुटहुटी बाँकी नै हुन्छ । फूल नफूल्दा सम्म घरको आभा खुल्दैन । सामान्य झुपडी नै किन नहोउन त्यहाँ वर्गतले भ्याएसम्मका एकाध फूलहरू रोकिएकै हुन्छन । बाटो चौबाटो का पाटी पौवा मा सबैले देख्ने गरी फूल रोपिन्छन, विद्यालय, अड्डाअफीस, दरबारहरू, मठ, मन्दीर, पानी पोखरी जहाँ जे सुकै संरचना बनुन् तिनका कलेवरमा फूल रोपेर या फूल फूलाएर पुर्णता दिइएको हुन्छ । फूलका आकार प्रकार फरक हुन सक्लान् । जैबिक फूल बाहेक पनि सम्भावनाका फूल, बिकासका फूल, प्रगतिका फूल, सौन्दर्यका फूल,सपना फूलेका फूल, नारित्वका फूल, हाँसो, खुसीका फूल, जे जस्ता होउन फूल उन्नती प्रगतीकामानक र मानवीय जीवनका सार बनेका छन । ‘बिकासको फूल फुलाउँ’ को मुल मन्त्रमा टेकेर पृथ्वी घुमिरहेछ । यो परिस्थितिमा म कसरी फूललाई नकार्न सक्छु । म कसरी मेरा लेखोटहरूलाई फूल भन्दा बिमुख राख्न सक्छु ? सायदै कुनै लेखकले सक्ला । मेरो पृथकता यो हो की फूलेर जीवन बाँचिसकेका फूलभन्दा यथेष्ट सम्भावना बोकेर फुल्न खोजिरहेका कोपीला मेरा चिन्तन हुन । बर्षात, खडेरी, आँधि, अभाव, भय, शोषण लगायत चरम कठिनाइ झेलिरहेका मानव–फूलहरू मेरोबढ्ता प्राथमिकता हुन् ।
विवेक सर ! मलाई रातो रङ्ग औधि मन पर्छ । हर विहान जब म निद्राबाट ब्युझिएर पुर्वी आकाश हेर्छु यो संसारलाई पुग्ने गरी उज्याले बोकेर एउटा रातो सुर्य उदाइरहेको देख्छु । रातो सुर्यको अनुपस्तितिमा चम्किदैनन सेता हिमचुलीहरू, झुल्दैनन बारीमा धानका बाला, फक्रिदैनन् ढकमक्क फूलहरू, छाउँदैन पखेरामा हरियाली, देखिन्न निलो आकास, उर्लिन्न सागरका छालहरू, देखिदैनन् बाटाहरू ….। हर साँझ अस्ताउदो सूर्य आफु डुबेपनि क्षितीजवारीनै छोडेको हुन्छ लालीमा । जब काले अँध्यारोले क्रमशः मेट्दछ राता तरङ्गहरू, विद्रोह जन्मिन्छ मेरा मगजमा । त्यही रातो जोगाउन चाहन्छु म मेरा क्यानभासहरूमा ।
जब मैले प्रथमपटक मेरी आमालाई चेतनाको आँखाले देखे उनी रातो पहिरनमा देखेँ । आमाको निधारमा रातो टिका देख्दा कयौँ पटक आफ्नो निधारमा पनि उस्तै रातो टिका लगाइमागेको छु हटले । जब पहिलोपटक मैले मेरा मांशपेशीहरूमा बगीरहेको रगत देखेँ त्यसको रङ्ग रातो थियो । आज पनि शरीरका नशा नशामा उस्तै रातो रगत बगिरहेछ । बगैचामा जतिसुकै रङ्गी बिरङ्गी फूलहरू फूलुन, राताफूलहरू नफुल्दा सम्म निरस देखिन्छ बगैचा । मान्छेहरू शुभसाइतको बेला लगाउँछन निधारमा रातो टिका र संकल्प बाँधिन्छ मनमा–काम फत्ते गर्ने । जब कर्म प्रति बिजय हासिल गर्दछन पुनः रङ्गाउछन निधारमा रातो अबीरले । रातो गुराँस फुले मात्रै खुल्छन लेकहरू । रातो पहिरनमै खुल्छन चेहराहरू । रातो क्यानभासमा कति गर्विलो बनेको छ यो देशको झण्डा । रातो रङ्ग मात्र हैन रातो बिम्ब हो, रातो प्रतिक हो, कला हो, बिचार, शैली, व्यवहार, चेतना, चिन्तन, दर्शन, र समयको गती हो रातो । हामी हरेक पाइलामा हरेक बस्तुमा हरेक दृष्यमा रातो देख्छौँ, रातो खोज्दछौ र रातै मन पराउँछौ भने हाम्रो चिन्तन दर्शन र व्यवहार ‘रातो’ किन नबनाउने । रातो देखि बिमुख हुनु अन्धकारमा गुज्रिनु हो जस्तो लाग्छ । यसकारण म रातो लेख्छु रचनैपच्छिे । मलाई अँध्यारो मन पर्दैन । मलाई तटस्थता जडसुत्रता मन पर्दैन । मन पर्दैन मावीय विभेद, शोषण, दमन, उत्पीडन, जालझेल, छल–कपट । म चाहन्छु पृथ्वी निरन्तर चलायमान भइरहोस आफ्नो गतीमा र नयाँ–नयाँ उर्जावान दिनहरू ल्याइरहोस । यसकारण म लेखिरहन्छु रातो सूर्य र त्यसभित्र सञ्चालित ‘फ्युजन–फिसन’ प्रतित्रियामा अटूटरूपमा उत्पन्न भइरहने अथाह उर्जा ।
विवेक सर ! लेख्नु मेरो सपना हो । म जे सपना देख्छु त्यसलाई साकार पर्न सकेजती कोसिस गर्छु । सपना साकार पार्न सपना लेख्छु । लेखनका लागि सपनाभन्दा अर्काे उत्कृष्ट बिम्ब म अरू केही भेटाउँदिन । जब म यो विशिष्ट बिम्ब लेख्छु, मेरो एउटा सपना त पुरा हुन्छ सँगसँगै त्यसले आर्काे नयाँ सपना देखाइदिन्छ । त्यसैले त म लेखक भएको छु । परिपक्व मस्तिष्क भएका संसारका सबै प्राणीले सपना देख्छन । सपना द्वारानै उत्प्रेरित भएर सपनाकै भरमा तिनहरू जिन्दगी बाँचेका हुन्छन । व्यक्तिपिच्छे प्राण्ीपिच्छे सपनाहरू फरक हुन सक्दछन त्यसैले त सबैका बाँच्ने जीवन र शैली फरक फरक छन । तर असल र सबल जिन्दगी बाँच्नु सबैको समान आशय हो । र त्यही आसय लेख्नु मेरो सपना हो ।
सपनाहरू प्रायः रातमा देखिन्छन, अँध्यारोमा । उज्यालोमा देखिएका सपनाहरू उति पृय लाग्दैनन जति अन्धकारमा देखिएका लाग्छन । अर्काे रोचक कुरा के छ भने हर मान्छे अँधरोमा निदाएर उज्यालोको सपना देख्छन । अन्धकारमा अन्धकारका सपना देख्ने मान्छे सायदै होलान । अँध्यारोको अर्थ उज्यालोबाट विमुख हुनु हो । अँध्यारोको अर्थ उज्यालको अभाव हुनु हो, खुसी र हर्षको अभाव हुनु, बिकास र सम्पन्नताको अभाव हुनु, शान्ती र समुन्नतीको अभाव हुनु, सभ्यता र व्यवस्थाको अभाव हुनु हो । यीनै अभावहरूको अँध्यारो हामी भोगीरहेछाँै । यही अँध्यारोमा यही अँध्यारोको बिरूद्ध सपना देख्नु हाम्रो बाध्यता हो, रहर हो । यही अँध्यारो धेरै भोगेको पात्र हुँ म पनि र अहिले पनि त्यही छु । हरेक रात ती भोगाइहरूको रूपान्तरणका लागि उज्यालेका सपना देख्दछु । सपना देख्नु पनि मेरो दैनिकी नै हो । जुन कर्म म दिनहुँ गरिरहेछु भोगीरहेछु र देखिरहेछु त्यसभन्दा बाहेक अर्काे कुन विषय रोजँु लेखनका लागि । लेखन भनेको पनि भोगाइकै अभिव्यक्ति त हो नि । मेरा भोगाइहरू तत् तत् सपना हुन । यसकारण म सपना लेख्छु । यो देशको नागरिक हुन पाएको मा आफुलाई गर्ब महसुुुस भइरहेको र संसारका हरेक राष्ट्रका नागरिकमा एकपल्ट मेरो देशको नागरिक बन्ने लालसा पालाएको सपना देखीरहेछु म यतिखेर ।
विवेक सर ! शहर पस्दा गाउँबाट यती धेरै अनुभूतिहरू लिएर आएछु कि तिनलाई लेखी सिध्याउन मैले मेरो पुरा जिन्दगी बिताउनु पर्नेछ । म फूल रातो र सपना त लेख्छु नै तर ती पनि सबै गाउँको गर्भमा लेख्छु । फूल लेखुँ गाउँकै, रातो लेखँु गाउँकै, सपना लेखुँ गाउँकै । सायद त्यही कारणले मेरा लेखाइहरू उती सुन्दर र आकर्षक हुदैनन । किनकी गाऊँ उती सुन्दर सफा र आकर्षक हुँदैन । प्रकाशन गृह र सञ्चरगृह बजारमा हुन्छन नकि गाउँमा । तिनका पाठक शहरमा हुन्छन र तिको ब्यापार शहरमा हुन्छ । यसकारण उनीहरूलाई शहर इतर साहित्य चाहिन्छ । उनले तयार गर्ने पुस्तक भित्रको कथावस्तु यस्तो होओस कि कभर पृष्ठमा निर्धक्क भएर सुन्दर युवतीका कमुक तस्विर राख्न पाइयोस, सनसनी मच्चाउने शिर्षकहरू होओस । अझ उनीहरूलाई साहित्य नै हुनुपर्छ भन्ने छैन, कुनै सेलिब्रेटीका जीवनकथा होओस, नेतागण वा राजा महाराजाहरूका गुणगाथा होउन या अरू कुनै समसनीपूर्ण विषयबस्तु । जे होस, त्यो बजारमा जानेबित्तिकै बिक्रि होउन । प्रकाशकलाई पाठकसँगको सरोकार हुँदैन विवेक सर ! उनीहरूलाई ग्राहक चाहिन्छ जस्ले पैसा खर्च गरेर बढी से बढी महँगो पुस्तक किनोस । पैसा भएका र पैसाखर्चिने हैसियत र मन भएकाहरू प्रकाशकका लक्षित वर्ग हुन । तर म सोच्छु प्रकाशकका पुस्तक किन्न खर्च भइरहेको पैसा मेरा पात्रहरूसँग हुँदोको त उनीहरू आटा–चामल किनेर दुइ छाक टार्दा हुन् ।
विवेक सर ! मन्दिरमा चढ्ने फूलहरु का प्रति मेरो खेद छ । किनकी मन्दिर कंक्रिट को हुन्छ, मुर्ति धातु, ढँुगा या कुनै ढलौट माटोको हुन्छ । मन्दिरमा चढाइने फूलहरु पूजाआराधना समाप्तीसँगै कुचिकारले बढारेर कुनै कन्टेनर, कुनै खाडल या कुनै ड्याम्पसाइडमा मिल्काइदिन्छन र समाप्त पारिदिन्छन फूलको जीवन चक्र । मन्दिरमा कंक्रिट, मार्वल या धातुसँग फूललाई पुनर्जीवन दिनसक्ने क्षमता हुँदैन । मन्दिरले आफुमा समाहित हुनआउने हरेक फूलको गर्भाधान क्षमता नष्ट गरिदिन्छ । तर जुन फुल मन्दिर जाँदैन र जीवन बाँचेर माटोमा झर्छ उसैले पुर्नजीवनको प्रचुर सम्भावना बोक्दछ । कारण माटोसँग फुललाई पुनर्जीवन दिनसक्ने निर्विकल्प क्षमता हुन्छ । फुलले जन्माएका भु्रणहरु अंकुरण गराएर नयाँ फूल फुलाउने कला केवल माटोसँग हुन्छ । त्यसकारण माटोमा जन्मे हुर्केका कुनै फूल मन्दिरमा नचढुन बरु माटो कै गर्भमा समाहितभएर नयाँ फूलहरु फूलुन – यही हो मेरो सपना !
विवेक सर ! यसरी बस्तु निर्माणका उत्कुष्ट बिम्ब फूल देख्छु र म फूल लेख्छु । दृष्टी, दृष्य र बिचारका रंगपटमा उत्कृष्ट रातो देख्छु र रातो लेख्छु । हरेक जीवन र सम्पुर्ण जीवन कुनै न कुनै सपनाको भरमा चलायमान हुन्छ जीवनका उत्कृष्ट बिम्ब तिनै सपना ठान्दछु र सपना लेख्छु । यिनै बिम्बहरुले मलाईलेखक बनाइरहेछन । यी बिम्ब छोडुँ त म कसरी लेखक रहिरहाँैला र ?
¬
विवेक सर ! मलाई माफ गर्नुहोस ।
janak.rasik@gmail.com