मन बहकिरहन्छ । तह लाउन हम्मेहम्मे पर्छ । तह लाएरै मन निचोड्न हुँदैन पनि । बरू आफै मनको पछिपछि दगुर्न सक्नुपर्छ । मौका परे मनको लड्डु घ्यूमा चोबेर खान सक्नुपर्छ । वा, मनलाई उचित व्यवस्थापन गर्नुपर्छ । कहिले कर्तव्यदेखि टाढा भाग्छ मन । कहिले कर्तव्यसँगै हिँडिदिन्छ । कर्तव्यलाई त हरघडी Read more
जीवन एकैनासले चल्दैन । एकैनासले चल्योभने त्यति मज्जा पनि आउँदैन । म ०७३ जेठ १ गते अचानक बिरामी भएँ, पक्षघात तथा मस्तिष्कघात भएछ । जीवनयात्रामा अलिकति ठेस लाग्यो, यथोचित उपचार तथा यहाँहरु सबैको उत्साहले आज मानसिक रुपमा त पूरा निको भयो । शारिरिक रुपमा पनि कमजोर छु भन्ने Read more
“बुहारीलाई तपाईहरू के भन्नु हुन्छ ?” “बुहारी, दुलही, दुलही नानी ।” साथीहरूको विभिन्न जवाफ आयो । “त्यही भएर त तपाईहरूको बुहारीलाई हेला गर्नुहुन्छ । हाम्रो जातमा त बुहारीलाई छोरीभन्दा पनि ठुलो मानिन्छ । थाहा छ किन ? हामी बुहारीलाई नानी भन्छौं । नानीको अर्थ थाहा छ तपाईहरूलाई ?” “सानो मान्छे, Read more
अर्थशास्त्रको विद्यार्थी छँदा बारम्बार घोकेको वाक्यांश थियोः भिसिअस साइकल अफ पभर्टी । अर्थात् गरिबीको दुश्चक्र । सहरमा विकासका बहसहरू चल्दा गुमनाम हुने ‘कर्णाली’ गरिबीको उदाहरण दिँदा भने सबैभन्दा पहिले आइपुग्थ्यो । गरिबी र कर्णाली पर्यायवाची शब्दजस्ता लाग्थे । कर्णालीको गरिबी विकासका अँध्यारा पानामा अभिलेखित मात्र थिएन कर्णाली क्षेत्रका मनमुटुबाट ओकलिने Read more
असजिलो छ छोरीमान्छेको जीवन । छोरी बाको बन्धन, विवाहपछि पतिको बन्धन । पतिपछिको बन्धन छोराको । सामाजिक पोयाको कठोर बन्धन त झन् कसिएकै हुन्छ निरन्तर । पुरानो समय नजन्मिउन्जेल नछोरा नै हो कि ! आमाप्रति थोरै सद्भाब रहन्थ्यो । अचेल त प्रविधिले पहिल्यै देखाइदिन्छ के हो ? छोरी भनेपछि आमाको Read more
जनै तागाधारीको सबभन्दा बलियो प्रमाणपत्र हो । प्रमाणपत्र मात्र हैन, प्रमाणै हो । जनै छैन भने उसको जात पनि छैन । काँधमा जनै छैन भने बाहुनक्षत्री जस्तो ‘चोखो जात’ हुँ भन्दैमा कसले पो पत्याउँछ र ! हैन कसैलाई जातभातको मतलबै छैन भने त यी सब कुरा किन चाहियो Read more
वर्तमान समयलाई कम्यूटर एवं डिजिटल युग भनेर जानिन्छ। अठारौँ शताब्दीको अन्तमा सूत्रपात भएको औद्योगिक क्रान्तिले समाजमा नयाँ परिवर्तनको हुरी लिएर आयो। यस क्रान्तिको फल स्वरूप वस्त्र उद्योगमा भएको मशिनीकरणले पूरै विश्वको कायापलट गरिदिन्छ। विज्ञानको सामर्थ्य एवं विकासवादको नीतिले सूचना क्रान्तिको पनि सूत्रपात हुन समय लागेन। टेलीफोन एवं रेडियोको अविष्कार, सूचना Read more
जीवनले पचासौँ वसन्तलाई स्पर्श गरिसक्यो । बितेका पचास वर्षका पलहरुलाई कताबाट समेटूँ, कताबाट बिटो कसूँ, आज आफैँ रनभुल्लमा परेको छु । फेरि जताबाट समेल्न खोज्दा पनि समेली नसक्नु गरी फुस्की जान्छन् समयका सूक्ष्म त्यान्द्रात्यान्द्री । एउटा मजबुत किटो कस्न खोज्छु त्यसमा बाँधिन मान्दैन समय । आजसम्मको जिन्दगी असरल्ल छरिएरै Read more
‘श्री जलेश्वरी निम्न माध्यमिक विद्यालय’ नाउ सामान्य हो तर यो नाउँ सुन्दा र कसैले उच्चारण गरिदिदा हार्दिक स्रद्धाले विभोर हुन्छु मानौँ मेरी आमाको नाउँ सुनिरहेको छु । उनी ५० वर्ष बुढी भइछिन् । स्वर्ण जयन्तीको तैयारी भइरहेको खबर जेठा दाजुबाट थाहा पाएँ । मलाई हर्ष र विस्मात दुबै लाग्यो Read more
मेरो गाउँमा भ्यागुतानन्दहरुको घरै घर छ, जल, थल सबैतिर । भनौँ म पनि ती भ्यागुतानन्दहरुको आनन्दानुभूतिलाई सर्वस्व ठानेर हायसञ्चो मानेर दिन काटिरहेको छु उनीहरुकै सारमा । घरघरमा भ्यागुतानन्दहरु वर्षा वन्दना गरेर बस्छन । भ्यागुतानन्दहरु घरमा बस्दा चन्दन टीका लाएर आकाशतिर फर्केर ट्वार्रटवर्र गरिरहन्छन भने घर बाहिर हुँदा सर्पहरुको क्रियाकलाप Read more