(१) शुरूमा अभिन्न मित्र हुन्छु अनि सँगै बसेको चित्र हुन्छु त्यसपछि मायामा यस्तरी हराउँछु जब तिम्रो मुटु भित्र हुन्छु । (२) थोरै सम्झन्छन् धेरै बिर्सन्छन् त्यै पनि आँखा सपना देख्छन् जति धेरै माया लगाए पनि थोरै नजिक धेरै टाढा हुन्छन् । (३ं) कपाल रङ्गाएर राम्रा हुन खोज्ने पनि छन् छाला Read more
१. गाँउ गाउँ भट्टी पसल भुली हिन्नु भन्दा आबारा र केटाकेटी बटुली हिन्नु भन्दा छोराछोरी रोटी खालान् बूढी चोली फेर्लिन् बारी खन, भैसी पाल डुली हिन्नु भन्दा । २. घण्टी बजाउँदैमा टुपी पाल्दैमा के हुन्छ ? मुर्तीको थाप्लोमा दूध हाल्दैमा के हुन्छ ? दिनभरी अरुको खोइरो खन्दै हिन्नेहरुले साँझ र Read more
(१) जन्मदिन त पर्नै हुन्न शुभकामना दिन अघि सर्छन् घरकै मान्छेलाई नि फेसबुकबाट आशीर्वाद भर्छन् स्वाङ्ग पनि कस्तो कस्तो पार्न जानेको हो खै कुन्नी १ भित्र छुरा धसिरहने बाहिर चाकडीको नाटक गर्छन् । (२) बुझ्नेलाई दुई जना बसेर बाघचाल खेले जस्तो बाघ हिँड्ने बाटोको बाधालाई अन्तै ठेले जस्तो अबुझलाई हात्ती Read more
जिन्दगी कतै जिन्दगी फुल्छ कतै जिन्दगी झुल्छ खनि गोडमेल गर्नेलाई जिन्दगीले नै भुल्छ । अफिस दिनभरि अफिसले लदायो पाई पाई सदायो साँझ परेपछि प्रिय तिम्रो याद आयो । उकाली ओराली कसैले खोजेको पाउछन् कसैले भएको गुमाउँछन् उकलि लओरालि त सबैको जीवनमा आउछन् । (लस एन्जेलस) Read more
(१) तिमी गीत हौ तिमी नै जुन हौ यो मनमा गुन्जिने मीठो धुन हौ कुरा काटिरहन्छ काट्न देऊ दुनियाँलाई कसी लाउनु पर्दैन नम्बरी सुन हौ । (२) बिबाह हुँदैछ रे बिहेको खबर पठाउनु गर्न बाँकी के छ मसङ्ग रहर पठाउनु तिम्रो जन्ती मेरो मलामी भेट हुनसक्छ म हेरिरहन्छु तिमी तिर Read more
(१) घुम्तीमा यसै गरी मोडिएर समुन्द्रमा बहदै जाने हो जाँदै गर्दा जस्तोसुकै पीडा आए पनि सहँदै जाने हो गन्तव्यमा नपुगुञ्जेल थुप्रै उतार चढाव आइरहन्छन\ अरुले दिने सहानुभूति हो दुख आफैँ कहदै जाने हो । (२) जताततै हिमाल पहाड तराईले घेरेको देश नेपाल सयौँ जात जातिले मिठो श्वास फेरेको देश Read more
१ च्यातिएको खुशीहरू टाल्नु किन पर्यो ? जिउँदो यो लाशलाई फाल्नु किन पर्यो ? धनी जस्तो चिन्ता पिर छैन मलाई त कात्रोभित्र खल्ती मैले हाल्नु किन पर्यो ? २ साँझ क्षेणिक रंगिएको क्षितिजको लाली जस्तो शुन्यता छ जिन्दगीमा भित्र सबै खाली जस्तो भाग्यरुपी कल्पनाको महलभित्र के के होलान्? Read more
धर्तीको खास अर्थ छाडेपछि जमीन थाहा हुन्छ । स्वतन्त्रताको मूल्य परेपछि अधीन थाहा हुन्छ ।। जिब्रो र गिदीको तालमेल नहुँदा हुन्छ भद्रगोल । भूमरीमा परेपछि उम्किन कति कठीन थाहा हुन्छ ।। १ हृदयको भूगोलमा कुनै साँध छैन । पीडामा विश्वाशिलो कुनै काँध छैन ।। पग्लिएर मुटु जब बन्दछ भावना । Read more
दलालको हातबाट बेचिदैछ देश हाम्रो प्रकुण्ठित पारिँदैछ धर्म, भाषा, भेष हाम्रो कब्जा गर्न खोजिँदैछ रक्षा,न्याय,नीति सबै कसरी पो रहला खै स्वाभिमान शेष हाम्रो । १ सधैंभरि जूनजस्तो घामजस्तो हुन्न जीवन यथार्थमा सुन्दर यो नामजस्तो हुन्न जीवन शीत-ताप, हुरी-झरी काँढा पनि जीवनै हो सधैंभरि फूलैफूलको यामजस्तो हुन्न जीवन । २ सधैं Read more