आमा ! यसपटक गाँजा खाएको थिइन गाजा आएको थिएँ थाह छैन तिमीले बनाएको खाजा खान फर्केर आउँछु कि आउँदिन ! एक दिन अल्लारे साथीहरूको लहैलहैमा तानेको एक सर्को गाँजाकै कारण बाका क्रोधले बलेका आँखा आमाका सन्तापले बर्सेका आँसु आत्मग्लानी, हिनताबोधले नतमस्तक म बस्नै नसकेर घरमा गाँजा गन्हाएकै मुख लिएर सँघार Read more
मेरो घरको कोठाभित्र एउटा मुसो पसेको छ। टोकिरहन्छ अनवरत उसका दाँतहरुले नयाँ कम्बल, कोठाभित्र का कागजहरु, दाल-चामलहरु पुस्तकका पानाहरू, पत्रिकाका रंगीन पृष्ठहरु उसले टोकेको आवाज म रातभरि सुन्दछु र समात्न खोज्दछु उसको चिप्लो पुच्छर भागेर लुकिहाल्छ पुरानो अलमारीको पल्लो कुनामा । मलाई डर लाग्न थालेको छ इतिहासको त्यो सिंगो पातो Read more
आफ्नो भागको एक मुट्ठी आकाश मुन्तिर उभिएर म तिम्रो मनुवादी कृत्रिम कठोर सत्ता हेर्छु, छुन्छु, छाम्छु, छिचोल्छु समाजको आँखाको परिवेशबाट छेलिएको, छोपिएको यसको बाक्लो दैवीय आवरणभित्र लुकेको मानवजनित संरचना नियाल्छु, मेरो काँध चढ़ी मात्र तिमी अग्लिने ! मलाई दास बनाएर मात्र तिमी मालिक बन्ने ! मलाई निहुराएर मात्र तिम्रो शिर Read more
पृथ्वीको सबैभन्दा ठुलो अहङ्कार भोक, जसको नामले चलेको छ सभ्यताको रथचक्र । उनीहरूको समस्त प्रार्थनाको मूल भोक, जसलाई घेरेर बसेका छन् ईश्वर, अल्लाह र यीशुको सशरीर प्रतिध्वनी । प्रेमको बाँझो खेतमा जसरी उमिँदै छन् अनाम झारका जङ्गल जहाँ लहलह बढ्दै छन् आक्रोश र विद्रोहका बिरुवाहरू। भोकको प्रार्थना कालमा अल्मलिन्छ Read more
रेसमी सप्कोभित्र तर घाउ नै घाउ सेप्टिक गन्हाउँदै लम्पसार मर्नलाई तयार छ बीभत्स यो वर्तमान.... अक्षरै-अक्षर भएर यसको तनबाट प्रतिपल रगत चुहुन्छ, आफ्नै हातले गला निचोरेर आत्महत्या गर्न यो तत्पर छ, बारुदले कोत्रिएको आफ्नो अनुहार ऐनामा हेर्दै आफ्नै रुप देख्दा यो तर्सनु थालेको छ। एक-एक पृष्ठबाट तप्.....तप्... आँशु झर्ने- Read more
गर्भबाट निस्केर जब संसार हेरेँ सबैभन्दा प्रिय मैले मेरै आमा देखेँ आमा ! जब तिम्रो न्यानो स्पर्श मेरो कोमल शरीरले पाउँछ मेरा सारा अन्योल विलीन भई हराउँछ शक्तिविहीन म जुर्मुराउँदै उठ्न खोज्छु आफ्नोपनको आभासले गर्भको पीडा भुल्छु । सयौं हात छुन्छन् मलाई तर तिम्रो छुवन प्यारो लाग्छ ममतामयी काख तिम्रो Read more
कतै सुर नमिले जस्तो कतै ताल नमिले जस्तो खै के के देख्न पर्छ! के के सुन्न पर्छ! कोही सुस्ताइरहेछन् कोही पुस्टाइरहेछन् कोइ भोको नाङ्गो छन् कोही अघाएर बाङ्गो छन् कोही सुकेको सुक्यै छन् कोही भुकेको भुक्यै छन् कोही झुकेको झुक्यै छन् कोही चुकेको चुक्यै छन् कोही मुठाको मुठ्यै Read more
म हिउँ पर्दा पग्लिसकेको हुने छु हिमालहरु डढिसकेका हुने छन् फूलका हाँगाबाट आगो निस्किरहेको हुने छ। तिमी आइपुग्दा म टाडा कतै पुगिसकेको हुने छु तिमीलाई खोज्दै। कस्को बिजबाट उम्रिएँ कुन्नी पतझड भएँ म। म सधैं हुरीलाई स्वागत गर्छु किन होला मलाई सधैं लागिरहन्छ आगोले मलाई शितलता दिन्छ पत्थरले मलाई कोमलता Read more
गोडि हिँडे त्यैपनि माया बसेछ मोडि हिँडे त्यैपनि माया बसेछ । एकछिन थाकेर बसेको सिँयाल छोडि हिँडे त्यैपनि माया बसेछ । प्रेमिल जोडी भइ छाता भिजेर ओडि हिँडे त्यैपनि माया बसेछ । गाउँ सहरमा बटुलेको मिठास तोडि हिँडे त्यैपनि माया बसेछ । छैन जरूरत अब सामान भनेर फोडि हिँडे त्यैपनि Read more
तिमीले मलाई इतिहासमा लेख्न सक्छौ तिम्रा तिता झुटहरुसँग तिमीले मलाई एकदमै फोहोरमा कुल्चिदिन सक्छौ तर पनि, धुलो जस्तै, म उठ्छु। के मेरो सम्वेदनाले तिमीलाइ रिसाउने बनाउछ ? किन तिमी उदासीपनाले घेरिएका छौ किनकि म हिँड्छु जस्तो कि मैले तेलको कुवाहरु पाएको छु पम्प गर्दै मेरो कोठामा ठिक चन्द्रमा जस्तै र Read more