आफ्नै खाता भराऊ महल बनाऊ म केही भन्दिनँ जग्गा जमीन आफ्नै नाम गराऊ म केही भन्दिनँ आफ्नो पद र पैसामा त्यति घमण्ड छ भने नेताज्यू आफ्नो चिता तिमी आफै जलाऊ म केही भन्दिनँ। यहाँ गीतालाई छोएर पनि झुटो कसम खाइन्छ जसको गोजीमा दम छ उसैले मात्र न्याय पाइन्छ तपाईं भन्नहुन्छ Read more
ती गल्ती तिम्रै थिए र पनि माफी चाहेँ मैले तिम्रै जीवन अनवरत दामी चाहेँ मैले। जीवनको भरोसा नै छैन डर मान्यौ सधैं अन्तिम सम्म सहभागिता आटी चाहेँ मैले। अगेनाको डिलमा बसेर फुक्यौं सँगै आगो एकता त्यै सासको भरोसा मानी चाहेँ मैले। सक्दिन साथ दिन भनेर हरेश नखानू आफ्ना भएका रहरहरु त्यागी चाहेँ मैले। पीडा छ वर पिपलको मुना ओइलाउँदा उर्वर बनाउँन तिमी नै साथी चाहेँ मैले। (ललितपुर हाल अमेरिका) Read more
एक घुट्को आश्वासनमा तिमी स्पर्शको खर्स्रोपन बिर्सन्छौ एक घुट्को आश्वासनमा तिमी काँड़ाको बिझाइ बिर्सन्छौ एक घुट्को आश्वासनमा तिमी भोक र शोक बिर्सन्छौ; तिम्रो यही हुत्तिहारापनले यही कमजोरीपनले यही अन्योलपनले सपना खरिद गर्नेहरू कुवामा चन्द्रमा देखाउनेहरू पाँच वर्षमा एकपल्ट तिमीलाई सोध्न आउँछन् अनि नशैनशा लाग्ने शब्दहरूले तिमीलाई मताएर जान्छन्, भोलिपल्ट नशा Read more
राति साढे दस बज्न लागेको हुन्छ। सिक्किम हाउस, दिल्लीमा सिक्किम राज्यबाट आउनुभएका एकजना सज्जनलाई भेटेपछि घर आउन ओला बुक गर्छु। सिक्किम हाउसदेखि मेरो कुटिया मात्र चार किलोमिटर टाढा छ। मेरो कुटिया त कसरी भन्नु र! सरकारी घरमा भाडा तिरेर यसो बस्ने मेलो। चार चक्के वाहन बुक गरेको, केही समयमा बुकिङ्ग Read more
अचेल जङ्गलमा रुखहरू उम्रिन्दैनन्, भक्कु घरहरू पलाउँछन्, घरहरूले घरकै लागि रुखहरू ढलाउँछन् । जङ्गलको हरियो छातीभित्रको न्यानोमा रमाउने रानीचरी सत्ताच्युत भएर बेपत्ता भइसकेकी छन् । हेर्दा हेर्दै क्यामुनाको त्यो रुखको अपहरण भएछ, आरूपातेको त्यो रुखको पनि चीरहरण भएछ, गाँस,बास,कपासको आन्दोलनमा जङ्गलको बासको उठीबास भएछ। रातभरि/दिनभरि ठिङ्ग उभिएर गाउँलाई पहरा दिने Read more
देख्याथेँ मैले, साथीको फोटो, विदेशमा रमाको सोच्दथेँ सधैं, डलरको बिटो, सजिलै कमाको ।। देख्थिनँ मैले, यहाँको दु:ख, भन्थेनन् कसैले दु:ख नै दुःख, भोग्ने पो रैछन्, यहाँ त सबैले ।। फोन गर्छ साथी, सोध्दैन कहिल्यै, के-कस्तो छ काम भन्दछ सधै, सजिलै उसले, छाप्या छस् दामै दाम ।। चसक्क मनमा, त्यो शब्द Read more
लेख्न त हाम्राले पनि लेख्छन् - साहित्य [ सुकुल गफ ] तर निषेधको राजनीति दिवार बनेर ठडिएपछि बिभेद ठुस्स गह्नाउँछ [ गफको प्रस्थान बिन्दु ] जस्तोकि, उनीहहरूले जे लेखेपनि -कविता बन्छ -निबन्ध बन्छ -उपन्यास बन्छ -कथा बन्छ [ एउटा उदाहरण ] बिडम्बना !! हाम्राहरूको बिशुद्ध साहित्य बन्दैन [ बिभेदको गन्ध ] Read more
(१) जीवन भन्नु नै भ्रम मात्र रहेछ खुशी भन्नु नै क्षणिक मात्र रहेछ यात्राको उत्तरार्धमा निश्चिन्त छु प्रम नै जीवनको निचोड रहेछ !!! (२) जीवन त आखिर दुई दिनको मायाको खेल न हो यात्रा क्रममा छुट्टिदै जाने आखिर यो रेल न हो आउनु जानु जानु आउनुको यो प्राकृतिक नियममा समयमै Read more
प्रिये ! म हिजो आज एउटा कारागारमा छु एउटा बन्दी कारागार कोठाभित्र छु यो कारागारको सजाय होे म्याद कहिले सकिन्छ थाहा छैन तिम्रो प्रेमको कारागार भन्दा सयौँ गुना पीडादायक छ यहाँ म बन्दीगृहमा छु यो बन्दीगृह हो । कसुर, मेरो जीवन भोगाइको हो कसुर, मेरो जीवन जिउने आधारको हो । Read more
(१) घरभित्र लत्याएर परिवारमा अशान्ति बढाउँछन् मन्दिरमा साक्षात देवी भनेर फूल पाति चढाउँछन् नारीमाथि दिनदिनै पाशविक अत्याचार चलाउनेहरू बाहिर नारी सशक्तिकरणको रसिलो पाठ पढाउँछन्। (२) नभुल्नु माटोलाई साथी आफू आकाश चढेपछि फर्केर हेर्नु भुइँमा जीवन यात्रामा अघि बढेपछि तिमीलाई जसले सहारा दियो याद गरेनौ भने सबैले थु थु गर्नेछन् घमण्डको Read more