पात्रहरू : एसेम, खाम्बे, डोमा, फुर्बा । [दृश्य विवरण – साधारण कोठाभित्र एसेम व्यस्त भएर फोनमा बात मारेको आवाज बाहिरसम्म सुनिन्छ] एसेम – हँ । किन नचिन्नु ? यो एसेमले शालीज्यूलाई नचिन्नु भनेको नै पहिलेका कान्छीलहरहरूले छोड़ेका कान्छी स्वास्नी भएकै बराबर हो नि । (नारी स्वर खितिति हाँसेकी आवाज सुनिन्छ ) Read more
खास नाउ उसको हरि प्रसाद थियो। गाउँमा छउन्जेल उसलाई हरे भन्थ्ये। पढन सहर छिरेर जागीर खान थालेपछी उसलाई हरि भन्न थाले। अनि ग्रिनकार्ड लटरी परेर अमेरिका छिरेपछि त उसलाई ह्यारी भन्न थाले। गाउँमा छउन्जेल प्रशस्तै खेतबारी थिए। सहरमा लोकसेवा पास गरेर अफिसर भएपछि प्रशस्तै धन कमाए। निकै कुलघरानकै देखिन्थे। कामदार, Read more
आमा ! यसपटक गाँजा खाएको थिइन गाजा आएको थिएँ थाह छैन तिमीले बनाएको खाजा खान फर्केर आउँछु कि आउँदिन ! एक दिन अल्लारे साथीहरूको लहैलहैमा तानेको एक सर्को गाँजाकै कारण बाका क्रोधले बलेका आँखा आमाका सन्तापले बर्सेका आँसु आत्मग्लानी, हिनताबोधले नतमस्तक म बस्नै नसकेर घरमा गाँजा गन्हाएकै मुख लिएर सँघार Read more
मेरो घरको कोठाभित्र एउटा मुसो पसेको छ। टोकिरहन्छ अनवरत उसका दाँतहरुले नयाँ कम्बल, कोठाभित्र का कागजहरु, दाल-चामलहरु पुस्तकका पानाहरू, पत्रिकाका रंगीन पृष्ठहरु उसले टोकेको आवाज म रातभरि सुन्दछु र समात्न खोज्दछु उसको चिप्लो पुच्छर भागेर लुकिहाल्छ पुरानो अलमारीको पल्लो कुनामा । मलाई डर लाग्न थालेको छ इतिहासको त्यो सिंगो पातो Read more
आफ्नो भागको एक मुट्ठी आकाश मुन्तिर उभिएर म तिम्रो मनुवादी कृत्रिम कठोर सत्ता हेर्छु, छुन्छु, छाम्छु, छिचोल्छु समाजको आँखाको परिवेशबाट छेलिएको, छोपिएको यसको बाक्लो दैवीय आवरणभित्र लुकेको मानवजनित संरचना नियाल्छु, मेरो काँध चढ़ी मात्र तिमी अग्लिने ! मलाई दास बनाएर मात्र तिमी मालिक बन्ने ! मलाई निहुराएर मात्र तिम्रो शिर Read more
पृथ्वीको सबैभन्दा ठुलो अहङ्कार भोक, जसको नामले चलेको छ सभ्यताको रथचक्र । उनीहरूको समस्त प्रार्थनाको मूल भोक, जसलाई घेरेर बसेका छन् ईश्वर, अल्लाह र यीशुको सशरीर प्रतिध्वनी । प्रेमको बाँझो खेतमा जसरी उमिँदै छन् अनाम झारका जङ्गल जहाँ लहलह बढ्दै छन् आक्रोश र विद्रोहका बिरुवाहरू। भोकको प्रार्थना कालमा अल्मलिन्छ Read more
रेसमी सप्कोभित्र तर घाउ नै घाउ सेप्टिक गन्हाउँदै लम्पसार मर्नलाई तयार छ बीभत्स यो वर्तमान.... अक्षरै-अक्षर भएर यसको तनबाट प्रतिपल रगत चुहुन्छ, आफ्नै हातले गला निचोरेर आत्महत्या गर्न यो तत्पर छ, बारुदले कोत्रिएको आफ्नो अनुहार ऐनामा हेर्दै आफ्नै रुप देख्दा यो तर्सनु थालेको छ। एक-एक पृष्ठबाट तप्.....तप्... आँशु झर्ने- Read more
घुम्दाघुम्दै भोक पनि लाग्यो र खाने बेला भयो। त्यसपछि इकोसिष्टमको पाठ पढेको बिद्यार्थीलाई अमेरिकाको एउटा शहरमा एउटा सानो प्लाजामा खाना ख्वाउन गुरूले लिएर जानुभयो । बिद्यार्थीलाई प्लाजा देखेर ताजुब लाग्यो। लामो गुहाली जस्तो एकतले बिल्डिङमा एउटा फाष्टफूडको होटेल खोलेको। होटेलको दाहिने छेवैमा कार इन्सुरेन्सको पसल। त्यसपछि लस्करै नङ सिँगार्ने नेल्स, Read more
भजनसिंह उमेरसॅंगै बढे । पढे । घरजम गरे । परिवार सङ्ख्या बढाए । खरिदार तहको सरकारी सेवामा लागे । अहिले समयसॅंग समानान्तर रेखामा कुद्न कोशिसरत छन् । शरद ऋतुले दशैँलाई के गाउॅं के सहर चारैतिर फिॅंजाएको थियो । उनीहरूको घर सल्लाहमा दशैँ किनमेलको विषयले प्रवेश पायो । वर्षेनी किनमेलको क्रमबद्ध लेखिएको मागहरू भजनसिंहको हातमा श्रीमती र दुई छोराछोरीबाट थमाइन्थ्यो । यो पालि भने घटस्थापनाको पूजाआजासॅंगै मौखिक रुपमा मागहरू आए । “आइफोन तेह्र प्रो म्याक्स जसरी ... Read more
गर्भबाट निस्केर जब संसार हेरेँ सबैभन्दा प्रिय मैले मेरै आमा देखेँ आमा ! जब तिम्रो न्यानो स्पर्श मेरो कोमल शरीरले पाउँछ मेरा सारा अन्योल विलीन भई हराउँछ शक्तिविहीन म जुर्मुराउँदै उठ्न खोज्छु आफ्नोपनको आभासले गर्भको पीडा भुल्छु । सयौं हात छुन्छन् मलाई तर तिम्रो छुवन प्यारो लाग्छ ममतामयी काख तिम्रो Read more