“कहिलेबाट सङ्क्रमित भएका रहेछन् ?” नौलो स्वरमा कसैले सोध्दैथियो । “अस्तिमात्रै कोरोना हो भनेर थाहा भएको ।” कसैले उत्तर दियो ।
“च्व, च्व,च्व,” सहानुभूति प्रकट भयो, “छोरो भर्खर पाँचमा छ अनि छोरी १२ पढ्दै छे । सानैमा टुहुरा भए ।”
“नानी, हामी छिट्टै घर फर्किन्छम् । भाइ र आफ्नो ख्याल राख है ।” ममी बाबाले हिजो मात्रै भिडियोकलमा भन्नुभएको आवाज कानमा गुञ्जदै थिए ।
“उमेरै नपुगी कहिल्यै नआउने गरेर गए बुढाबुढी नै,” रोहन अङ्कलको रुन्चे आवाज ठोकियो कानमा ।
म असमञ्जसमा परेँ । १०/१५ जना मानिस जम्मा भएर दुई दुई मिटरको दुरीमा उभिएका थिए । अलि पर ४/५ जना आर्मीले बाबा ममीको शरीर हेर्दै केही भन्दै थिए । छेऊमा भाइ रुँदै थियो । अङ्कलले भाइलाई केही भन्दै हुनुहुन्थ्यो । अन्टी रुँदै हुनुहुन्थ्यो ।
‘नरो जुही, तँ रोइस् भने भाइको हालत के होला ?’ भनेर आफैंले आफैंलाई सम्झउँदा सम्झाउँदै आँशुको मुल फुटेको पत्तै पाइनछु ।
म रोएको देखेर होला दिदी र अन्टीहरू आएर केही भन्दै हुनुहुन्थ्यो तर मेरो कनमा केही छिरेनन् । अघिसम्मको मेरो रङ्गीन संसार अहिल्यै कालो भएको थियो । मैले देखेको थिएँ केबल बाबाममीको हँसिलो मुहार अनि हाम्रो लागि देख्नुभएको सुन्दर भविष्य ।
‘१२ सकिएपछि इन्जिनियर पढेर मेरो अधुरो सपना पूरा गर्छे जुहीले ।’ बाबाको यिनै शब्द कानमा गुन्जिएका थिए तर मनमा पहिलाको हिम्मत थिएन ।
बाबाममी नैै नभएपछि मलाई प्रोत्साहन कसले दिने ? भाइलाई मैले कसरी हुर्काउने ? यस्तै प्रश्नको उत्तर खोज्दै थियो मन ।
‘असल विचार बोक्ने मान्छेलाई सधैं राम्रै हुन्छ भन्नुहुन्थ्यो नि ममी, आज किन नराम्रो भयो ?’ सोध्न मन थियो ममीलाई तर अब त्यो सम्भव थिएन ।
“जुही ! जुही !!” कसैले बोलाएको आवाज आयो । यता उता हेरेँ कोही देखिएन । बोली ममीको जस्तो थियो । ‘तर जानुभयो चाहीँ कहाँ ?’ म छक्क परेँ । ‘सायद भ्रम थियो ।’ म निराश भएँ । “नानी ! नानी !!’ अझैं चर्को आवाज आयो । चर्को आवाजले म झसङ भएँ । झ्यालको पर्दा खोल्दै ममीले पो बोलाउँनुभएको रहेछ । मैले त सपना पो देखेको रहेछु । म खाटबाट ओर्लिएर ममीलाई अँगालो हाल्न पुगेँ ।
“जुही, के भयो ?” ममीले मेरो आँखामा हेर्दै सोध्नुभयो । “किन रोएकी ?”
“केही पनि हैन ममी, सपना नराम्रो थियो ।” मैले हाँस्दै भनेँ ।
“धत् लाटी ! सपना नराम्रो हुँदैमा कोही रुन्छन् ?” भन्दै ममीले आँशु पुछिदिनुभयो ।
मैले ममीको हात समातेँ अनि डो¥याउँदै लगेर पुजाकोठा अगाडि पु¥याएर भनेँ, “एकछिन कतै नजानुस् है ।”
“हैन, के भएको छ यो केटीलाई ?” ममी बिलखबन्दनमा पर्नुभयो । मैले उहाँको कुरामा ध्यान दिइन । टिभी रुममा गएर बाबा र भाइलाई बोलाएर ल्याएँ । सबैलाई हात जोडेर आँखा चिम्लन लगाएँ र आपूmले पनि त्यसै गरेर मनमनै भनेँ, ‘थ्याङ्स गड ! अहिलेसम्म दिनुभएको खुशीका लागि, हाम्रो परिवारको खुशी सधैं यस्तै राखिदिनु होला ।’
(ओरियन्ट कलेज, बसुन्धरा)