निरन्तर चलिरहने समयको खुट्टाजस्तो कलकल नदिसँगै पवनको झोकाजस्तो उदाउँदो रविकिरण संन्ध्याको क्षितिजजस्तो सधै उस्तै उही गति सत्ताशक्ति मोहजस्तो । दुःखलाई मजाक ठान्ने निर्दयीको छात्तीजस्तो खातका खात चाङ लागेका बलत्कृत लासजस्तो हरेक समय सरिरहने सिमानाको खम्बाजस्तो उस्तै दिन उस्तै रात गरिब दुःखी जीवन जस्तो । आन्दोलनमा बगिरहने सहिदको रगतजस्तो आँसु पिएर Read more
भुन्टेका बा र म सँगै इट्टाभट्टामा काम सकेर फर्कदै थियौँ । केटाकेटीको बिधालय छुट्टी भनेका थिए । बिहानै घर धन्दा सकेर भट्टा मा हिँडेका थियौँ । ईट्टाभट्टामा कामदारहरुको उपस्थिति सधैभन्दा पातलो थियो । कोही माटो मुछ्न थाले कोही सुकाउन त कोही बोक्न । सधैझैँ काम सकेर हामी हटिया बजारको बाटो Read more
मलाई मन पर्दैन त्यो हाँसो जुन हासोले अरुलाई गिज्याँओस् आफू माथि परी अरुलाई तल झारी मन दुख्नेगरी हृदय बिझ्नेगरी अहंले भरिएको हाँसो साँच्चै मलाई मन पर्दैन । हाँसो त फूलजस्तै हुनुपर्छ जूनजस्तै हुनुपर्छ प्रभातमा हरियो दुबोमाथि टल्किएका शीतजस्तै सूर्योदयसँगै देखिएका हिमालजस्तै कलकल बगेकी नदीजस्तै बताससँगै रमाएका बनस्पतीजस्तै हो, हाँसो यस्तै Read more
खुन र खुकुरी देवालयमा छ बान्ता र बोत्तल विद्यालयमा छ अचानोलाई धम्की खुकुरीले दियो मेरो मान्छे माथि मन्त्रालयमा छ बुवा कोरियामा आमा रेष्टुराँमा टुहुरो बालक अनाथालयमा छ आजसम्म मन्दिरमा कसैले भेटेन छ भने भगवान सौचालयमा छ बाउले जमीन बेच्यो छोरा पढाउन छोरा भने भट्टी र वेश्यालयमा छ । (चुनबाङ, रुकुम Read more
ती रनभुल्लमा परेका आवाजहरु ती सम्प्रेषण गर्न नसकेका पीडाहरु अबोध मानव, अनौठो रोगब्याधी अब्यक्त उच्चारणहरु निस्सासिंदै । धर्ती सहँदैछे बर्षिएका लात र चोटहरु प्रकृति छातीमा हात राखी निःशब्द निस्पन्द टुलुटुलु हेर्नुसिवाय धैर्यधारणमा मौन आतङ्क सहँदैछे । रंगहरुको खोजीमा तल्लिन ती मानवहरु विवशताको हुरीले हुईंक्याइएझैँ हुत्तिएर भेन्टिलेटरको सहारा चुम्न बाध्य खुलेआम Read more
(१) तिमी गीत हौ तिमी नै जुन हौ यो मनमा गुन्जिने मीठो धुन हौ कुरा काटिरहन्छ काट्न देऊ दुनियाँलाई कसी लाउनु पर्दैन नम्बरी सुन हौ । (२) बिबाह हुँदैछ रे बिहेको खबर पठाउनु गर्न बाँकी के छ मसङ्ग रहर पठाउनु तिम्रो जन्ती मेरो मलामी भेट हुनसक्छ म हेरिरहन्छु तिमी तिर Read more
हजुर ! म एउटा मजदुर हरेक दिन धर्तिमा उज्यालो खस्नु अघि सुरु हुन्छ मेरो अविराम जिन्दगीको भागदौड । अनि पग्लिन्छन मेरो अङ्ग प्रत्यङ्गहरु र बग्छ आफ्नै शरीरबाट नदी घोटिन्छ्न मेरा हात पाखुराहरु जाँतो घोटिएझैँ चोइटिन्छन मेरा अस्थिपन्जरहरु सिसा टुक्रिएझैँ कमजोर हुन्छ मेरो जीर्ण शरीर धमिराले मक्काएको बूढो रुखझैँ । तथापि, Read more