तिमीले भनेकै मान्नुपर्छ भन्ने केही छैन अटेरी गर्नु नगर्नु मेरो अधिकारभित्र पर्ने निर्णय हो नि रिसाउनु किन? रिसले विषबाहेक के नै दिन सकेको छ र ? रिस त सुस्त विष नै हो । मैले खाएकोमा भन्दा लाएकोमा रिस उठ्नु भनेको रिस मिसिएको आह्रिस नै त हो नि त्यसैले पनि तिम्रो Read more
पारिलो घामको नयनसँग नयन मिलाउँदै बादलका घुम्टोहरुले छोपे पनि अनेकन बाटोहरू भएर जीवनका सुन्दर फाँटहरूमा म हिँडिरहेको छु, संकल्पको डोरी समातेर । दुष्मनहरुले मेटाएका खुसीका डोबहरू खोज्न अत्याचारले किल्चिएका मुटुका भल्वहरु फेर्न साहसका सुस्केराहरु पोल्टामा बोकेर हाम्रो बस्तिभरि हर बिहान र साँझ म सल्बलाइरहेको छु । हिंस्रक चितुवाले झम्टेका जनताका Read more
तिम्रो मेरो सबैको , रातो रगत छ यहाँ , तर खण्ड खण्डमा, किन जगत छ यहाँ ।। मुल्य नै के छ यहाँ, खुन अनि पसिनाको , बसी बसी खानेकै , अति बढत छ यहाँ ।। काम छ अनितिको, मुखमा छ बेद शास्त्र, अधर्मी र कुकर्मीकै, भाव फगत छ यहाँ ।। Read more
युवाहरुको लाखौंको संख्यामा उर्लेको मानवसागर वादशाहको दरवार तर्फ बढ्दै गयो । मानव सभ्यताको प्रगतिको वाधक यही वादशाहको श्रीपेच हो भन्ने ठानेर युवाहरुले दरवारबाट वादशाहको श्रीपेच खोसेर बरामद गरे । “यसलाई टायर सँगसँगै सडकमा जलाई दिनु पर्छ ।” एकजना मझौला कदका मंगोलियन युवाले प्रस्ताव राखे । “यो धातुबाट बनेको हुँदा Read more
साथी र म शडकमै गफ गरेर उभिइरहेका थियौं । त्यत्तिकैमा एउटा अधबैंसे देखिने माग्ने अगाडी उभियो । निरीह आँखाले हामीलाई हेर्दै उसले भन्यो: ` भगवानको नाममा केही दिनुहोस् ।´ `सबैभन्दा बढी कमाएको दिन कति कमाउछस् ?´ साथीले प्रश्न गर्यो । `बढीमा तीनसय जति । पैसाभन्दा गाली बढी दिन्छ मान्छेहरू ।´ Read more
मलाई ठेस लागेको थियो उस्ले लड्यो भनेर सम्झेछ म लडेको थिएँ उस्ले ढल्यो भनेर सम्झेछ म ढलेको थिएँ उस्ले मर्यो भनेर सम्झेछ। मेरो बारेमा ऊ सधैं एक कदम माथी सोच्छ। म उठ्दा उस्ले हिँड्यो भन्दिन्छ म हिँड्दा उस्ले दगुर्यो भन्दिन्छ म दगुर्दा उस्ले माथि माथि उड्यो भन्दिन्छ। मलाई जलाउन उस्ले Read more
प्रेमिल जोशमा रापिएको प्रेम दिवश यानेकी भेलेनटाइन डे अमुर्त सपना सजाएर प्रारम्भ हुन्छ उषाकाकिरण बनेर या उजाड मरुभूमि बनेर यहीँबाट जीवनका प्रतिबिम्बित स्वप्निल यात्रा यो गुलाबको फूलझैं । लैला मन्जुलको प्रेम होस् या, मुना मदनको प्रेम या त काले र भुन्टीको भावनात्मक प्रेम होस् आखिर मुटु मुटुसँगको नाता अनि धड्कन Read more
सानो आँगन आँगनमा अनेकजाति फुलहरु फुलेका सानो गोठ अनि मझेलाको घर त्यहि सानो आँगनमा अनेकजाति पाल्तुहरु डुलेका पूर्वमुखी मोहडा भाको शूर्यको पहिलो झुल्को सिधै घर आँगनमा पर्ने सानो अनि राम्रो मेरो घर । जन्मेको त्यहीँ देखिन अस्पतालहरु हुर्केको त्यहीँ देखिन शहरहरु त्यही माटोमा हुर्केको त्यही माटोमा खेलेको जोसँग सर्बश्व गासिएको Read more